के खाडीमा युद्धको तयारी हुँदैछ ?

काठमाडौं, जेठ ३-

घटना १

अमेरिका तथा ईरानबीच बढिरहेको तनावका कारण खाडी क्षेत्रमा बढेको खताराका विषयमा कुवेती संसदका प्रमुख मारजुक अल घनमले विहिवार सरकारी अधिकारीहरुसँग एक घण्टा गहन छलफल गरे । 

सो छलफलमा कुवेतका विभिन्न मन्त्रीहरु सहभागि थिए जहाँ युद्ध सुरु भएको अवस्थामा कुवेतमा दैनिक काम कसरी व्यवस्थीत गरिनेछ भन्ने योजना  मन्त्रीहरुले प्रस्तुत गरेको कुवेतको स्थानीय सञ्चार एजेन्सी कुनाले जनाएको छ । 

घटना २

साउदी अरेवियाका सञ्चार माध्यम लेख्छन्ः ईरानमाथि अन्तराष्ट्रिय दवाव बढ्दै गएको समयमा कतार संकटपूर्ण अवस्थामा पुगेको देखिएको छ । यदि अमेरिकाले युद्ध सुरुको घोषणा गरेमा कतारले अमेरिकाको सेनाका गोप्य सुचना ईरानलाई चुहाउने खतरा रहेको विज्ञहरुले औंल्याएका छन् । सन् २०१७ देखि साउदी अरेविया, युएई तथा बहराइनले संयुक्त रुपमा प्रतिआतंकवादको लडाई लडिरहेको भएपनि कतारले उल्टै आतंकवादीलाई सहयोग गरेको आरोप साउदी सञ्चार माध्यमले लगाएका छन् ।

घटना ३

साउदी अरेविया, बहराइन तथा ईजिप्टले कतारलाई आतंकवादीलाई मद्धत गर्न रोक्न आग्रह गरेका छन् । स्वीजरल्याण्डको जेनेभामा विहिवार एक महत्वपूर्ण बैठकमा ति मुलुकहरुले कतार माथि आरोप लगाउँदै आतंकवादको प्रचार गरिरहेको सञ्चार माध्यम(अलजजिरा) लाई मलजल नगर्न आग्रह गरे । ति मुलुकले कतारको पछिल्लो भूमिका(ईरानसँगको सम्वन्ध) का बारेमा समेत संशय प्रकट गरे । ईरान त्यहि मुलुक हो जसले साउदी अरेवियाको नेतृत्वमा खाडीका अन्य मुलुकले कतारमा नाकावन्दी लगाउँदा जहाज मार्फत खाद्यान्न, तरकारी र दुध पठाएर संकट टारेको थियो । 

यी घटनाले खाडी मुलुकहरु आपसी विवादमा मात्र रुमल्लिरहेका छैनन्, निकट भविष्यमा ईरान र अमेरिकाबीच हुनसक्ने सम्भावित युद्धको तयारीमा समेत होमिएको देखाएको छ । यद्यपी अमेरिकाले आफूले ईरानमाथि तत्काल हमला गरिहाल्ने वा युद्धमा होमिने कुनै रुचि नभएको बताइरहेको छ, तर यसका वावजूद अमेरिकाले ईरानमाथि लगाएको तेल विक्रिको बन्देज र त्यस विरुद्धमा ईरानको युरेनियम उत्पादन सुरु गर्ने धम्कीले खाडीमा युद्धको बादल मडारिन थालेको संकेत गर्दछ ।

खाडीमा युद्धको खतरा बढेको संकेत कुवेतका उच्च सरकारी अधिकारीहरुको गोप्य बैठकले सतहमा ल्याएको हो । हुन त सम्भावित जोखिमबाट जोगिने पूर्वतयारी मात्र हुनसक्छ, तर पनि कुवेतको सरकारी सञ्चार माध्यमले सो बैठकमा खाडी क्षेत्रमा अवस्था संकटग्रस्त रहेको र सम्भव भएका सवै उपायका बारेमा छलफल गरिएको उल्लेख गरेबाट युद्धको त्रास सो क्षेत्रमा बृद्धि भएको प्रष्ट हुन्छ ।

पछिल्लो केहि महिनायता अमेरिका र ईरानबीचको सम्वन्ध तित्ततापूर्ण हुँदै गएको छ । हालै युएईका केहि पानी जहाजमा भएको आक्रमण र ईरान समर्थित हुथी समुहले साउदी अरेवियाको तेलको कुवामा ड्रोन मार्फत गरेको हमलाले विवादलाई अझ चर्काएको छ । सो आक्रमण पछि अमेरिकाले ईरानलाई विश्व समुदायबाट एक्ल्याउनु पर्ने भन्दै दवाव बढाएपछि खाडी क्षेत्रमा तनाव बढेको हो ।

खाडी क्षेत्रमा तनाव बढेसँगै नेपालले पनि केहि सावधानी अपनाउनु पर्ने देखिन्छ । यदि त्यहाँ युद्ध सुरु भइहालेमा त्यसको प्रभाव नेपाललाई पनि गम्भीर रुपमा पर्नेछ किनकी ति मुलुकमा लाखौंको संख्यामा नेपालीहरु कार्यरत छन् । उनीहरुको सुरक्षा र उद्धार महत्वपूर्ण कुरा हो जुन हालको सुसुप्त संरचनाले सम्भव हुन्न ।

आशा गरौं, खाडीमा युद्ध हुनेछैन । तर एकअर्का विरुद्ध हतियार बोकेर डिलैमा उभिएका अमेरिका र ईरान मैदानमा उत्रिएमा आफ्ना नागरिकको उद्धारको योजना भनें नेपाल सरकारले बनाउनु आवश्यक छ । 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/o_PEHgfuiNE” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: