अव स्पोन्सर नचाहिने

काठमाडौं, जेठ १-

साउदी अरेवियाको मन्त्रीपरिषदले मंगलवार साउदी स्पोन्सर विना नै साउदी अरवमा बस्न र रोजगारी गर्न पाइने कानून पारित गरेको छ । यो व्यवस्था पहिलोपटक भएको हो ।

गत हप्ता सो कानून सुहारा काउन्सीलले पारित गरेको थियो । यो लगानीकर्ताहरुलाई आकर्षित गर्न र पेट्रोलियम पदार्थको व्यापार भन्दा बाहिरको आम्दानीको श्रोत विस्तार गर्ने साउदी अरेवियाको प्रयास भएको जनाइएको छ ।

तर यस्तो अनुमति लिन निश्चित शुल्क तिर्नुपर्ने, तोकिएको मापदण्ड पुग्नुपर्ने छ । यस्तो अनुमति पाएकाहरुले कामदारहरु राख्न, सम्पत्तिको अधिकार प्राप्त गर्न, सवारी साधन खरिद गर्न तथा आवश्यक समयमा कुनै स्पोन्सरको अनुमति नलिई साउदी अ रेविया छोड्न पाउनेछन् ।

समाचार अनुसार यस्तो व्यवस्था कार्यान्वयन गर्न ९० दिनभित्रमा कार्यालय खोलिनेछ । त्यस्तो अनुमति पत्र लिन चाहनेले कति शुल्क बुझाउनु पर्नेछ भन्ने अहिलेसम्म सार्वजनिक गरिएको छैन । यस्तो अनुमति लिन चाहनेको राहदानी, पर्याप्त आर्थिक श्रोत हुनुपर्ने र २१ बर्ष पुरा गरेको हुनुपर्ने साउदी अरेवियाको टेलिभिजन अल अरेवियाले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: