अन्ततः भयो सहमति, खुले चियावगान

काठमाडौं, बैशाख ३१-

श्रमिक संगठनहरु तथा चिया उत्पादकबीच चिया वगान तथा कारखानाहरुमा न्यूनतम पारिश्रमिक कार्यान्वयनमा सहमति जुटेको छ । सरकारले गत साउन ३१ गते राजपत्रमा प्रकाशित गरेको चियावगान तथा कारखानाहरुमा काम गर्ने श्रमिकको लागि तोकिएको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न उद्योगी सहमत भएसँगै लामो समय देखि बन्द अधिकाँश चिया वगान खुलेका छन् । यसअघि उद्योगीहरु सरकारले बृद्धि गरेको न्यूनतम पारिश्रमिक दिन तयार नभएपछि गत चैत्र १७ गतेदेखि चियावगान र कारखानाहरु बन्द थिए ।

दुई पक्षबीच भएको सहमति अनुसार न्यूनतम पारिश्रमिक आधारभूत तलवमा रु २ सय ३१, महंगी भत्ता रु १ सय ५४ बृद्धि गर्ने सहमति भएको छ । यसैगरी कारखानामा काम गर्ने, नाइके तथा चौकीदारको अतिरिक्त भत्ता दैनिक रु ४२ सवै चियावगान तथा कारखानामा कार्यान्वयन गर्ने सहमति भएको छ । सो फरक रकम आगामी चैत्र मसान्तसम्ममा भुक्तानी गरिसक्ने सहमति दुवै पक्षले गरेका छन् ।

यसैगरी श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ मा भएको व्यवस्था नेपाल चिया उत्पादक संघमा आवद्ध चियावगान तथा कारखानामा कार्यान्वयन गर्ने सहमति पनि भएको छ । सहमतिमा नेपाल चिया उत्पादक संघ र ट्रेड यूनियनहरुका प्रतिनिधिहरुले हस्ताक्षर गरेको छन् ।

यसअघि विभिन्न चरणमा आन्दोलन गरेका चिया बगान तथा कारखानाहरुमा काम गर्ने श्रमिकले झापामा सडकमा सुतेर समेत विरोध प्रदर्शन गरेका थिए । न्यून्तम पारिश्रमिक कार्यान्वयन गराउन सरकारले हस्तक्षेप गर्ने चेतावनी दिएपछि उद्योगीहरु श्रमिकलाई बृद्धि भएको न्यूनतम पारिश्रमिक दिन सहमत भएका हुन् । सो सहमतिसँगै अधिकाँश चियावगानमा काम सुरु भएको जिफन्टका उपाध्यक्ष दिपक पौडेलले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: