जापानी रोजगारदाताले मागे नेपाली कामदार

काठमाडौं, बैशाख २९-

एमओसीमा हस्ताक्षर भएको झण्डै दुई महिनापछि जापानका रोजगारदाताहरु नेपाली कामदार लिन ईच्छुक देखिएका छन् । दुई देशबीच सम्झौता बमोजिमको प्रकृया पुरा नभइसकेपनि केहि जापानी कम्पनीहरुले नेपाली कामदार लैजाने विषयमा सिधै नेपाल सरकारसँग प्रस्ताव गरेका छन् ।

द काठमाण्डु पोष्टका अनुसार प्रकृयामा भइरहेको ढिलाईका बीच सिधै जापानी रोजगारदाताले कामदार लैजाने प्रस्ताव नेपाललाई गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उच्च सरकारी अधिकारीलाई उधृत गर्दै समाचारमा भनिएको छः केहि जापानी रोजगारदाताहरु नेपाली लैजान ईच्छुक छन र उनीहरुले प्रस्ताव समेत गरिसकेका छन् । हाल नेपाली कामदार लैजान ईच्छुक देखिएका कम्पनीहरु कृषि र सरसफाइ क्षेत्रका रहेको मन्त्रालय श्रोतको भनाई छ ।

जापानको पछिल्लो प्रकृया सुरु हुनु अगावै त्यस्तो प्रस्ताव गर्नुलाई नेपालले सकारात्मक रुपमा लिएको छ । “यो सुखद सुरुवात हो” ति सरकारी अधिकारीले भनेका छन् । 

जापानले विभिन्न ९ मुलुकबाट १४ प्रकारको काममा विदेशी श्रमिक लिने नीति लिएको छ । सो अनुरुप फिलिपिन्स र ईण्डोनेशियाली कामदार लिने प्रकृया अगाडी बढिसकेको छ भनें नेपालसँग पनि एमओसीमा हस्ताक्षर भइसकेको छ । दक्षिण एसियाबाट नेपाल केवल एउटा मात्र मुलुक हो जहाँबाट जापानले कामदार लिने तयारी गरेको छ ।

जापानले लिने नेपाली कामदारलाई जापान पुगेपछि त्यहाँको रहनसहन लगायतका विषयमा आवश्यक तालिम जापानी निकायले नै दिनेछ । तर रोजगारीका लागि जापान जानेहरुले भाषा परिक्षा उत्तिर्ण गर्नुपर्नेछ भनें सम्वन्धित काममा सीप पनि जानेको हुनुपर्नेछ । मन्त्रालय श्रोतका अनुसार जापनी पक्षले कृषि र सरसफाइको क्षेत्रमा नेपाल र जापानमा प्रयोग हुने उपकरणमा ठूलो फरक नहुने भएका कारण ति क्षेत्रको काममा नेपालीलाई सहज रुपमा जापानले लिन सक्छ । यसअघि मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले पनि नेपालले होटल, रेष्टुराँ लगायतको सेवा क्षेत्र, कृषि, सरसफाइ जस्ता क्षेत्रको रोजगारीमा नेपाली प्राथमिकतामा पर्न सक्ने बताएका थिए ।

हालै नेपालस्थीत जापानी दूतावासमा भएको बैठकमा नेपाली पक्षले जापानी भाषा परिक्षाको मापदण्ड छिटो पठाउन आग्रह गरेको थियो । यसैगरी जापानले सीप परिक्षण गर्ने भएका कारण सोका बारेमा पनि प्रष्ट हुन चाहेको नेपाली पक्षको आग्रह थियो ।

नेपाली पक्षले जापानलाई बैदेशिक रोजगार विभागमा जापानको रोजगारी हेर्ने छुट्टै कक्ष स्थापना गर्ने जानकारी जापानी पक्षलाई गराउँदै आवश्यक समन्वय गराउने जानकारी पनि जापानी पक्षलाई गराएको छ । जापान र नेपालबीच अहिलेसम्म कति नेपाली रोजगारीका लागि जापान जानेछन् भन्ने तय भइसकेको छैन । मन्त्रालयमा भएको छलफलमा जापानी पक्षले नेपाली कामदार जापानको प्राथमिकतामा रहेको र जापानी पक्षबाट गर्नुपर्ने काम अविलम्व गरिने बताएका थिए ।

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/hCpNNmQ2Sy0″ frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: