यी हुन् सरकारले तय गरेका आउँदो बर्षको बजेटमा समेटिने श्रम, रोजगार सम्वन्धी कार्यक्रमहरु 

काठमाडौं, बैशाख २७-

सरकारले आगामी आर्थिक बर्षमा रोजगारी सिर्जनालाई प्राथमिकता दिंदै स्वरोजगारलाई प्रोत्साहन दिने भएको छ । यसका लागि आगामी आर्थिक बर्षको बजेट मार्फत नागरिकलाई स्वरोजगारमा प्रोत्साहित गर्न सीपमूलक तालिम, उद्यमशीलता विकास र सहज कर्जाको व्यवस्था मिलाउने सरकारको तयारी छ ।

अर्थमन्त्री युवराज खतिवडाले संसदमा आगामी आर्थिक बर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दै श्रम गर्न योग्य सवै नागरिकलाई उत्पादनसँग जोड्नै निर्माण, उत्पादनमूलक उद्योग र सेवा लगायतका क्षेत्रमा काम र रोजगारको अवसर सिर्जना गर्न बजेट केन्द्रीत रहने जानकारी गराए । उनले युवाका लागि सीप, उद्यम र रोजगारीको नीति लिइने बताए ।

सामुदायिक र गैरसकारी क्षेत्रलाई स्थानीय श्रोत, साधन र सीपको प्रयोग गर्दै आयआर्जन र रोजगारी सिर्जनाको माध्यमबाट आर्थिक, सामाजिक रुपान्तरणको संवाहकको रुपमा प्रवद्र्धन गरिने पनि उनले बताए । आगामी आर्थिक बर्षलाई युवा परिचालनको बर्षको रुपमा लिइने भन्दै उनले महिला सशक्तिकरण कार्यक्रम मार्फत उद्यमशीलताको विकास र रोजगारीको सिर्जनामा जोड दिइने जानकारी दिए ।

श्रम ऐनमा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्दै असल तथा उत्पादनमूलक श्रम सम्वन्धको विकास गरिने र बैदेशिक रोजगारलाई थप व्यवस्थीत गरिने अर्थमन्त्री खतिवडाले प्रष्ट पारे ।

सरकारले सवै नेपालीलाई क्रमशः सामाजिक सुरक्षामा लयउने गरी बजेट तर्जुमा गर्ने पनि अर्थमन्त्री खतिवडाले जानकारी दिए । उनले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयनमा ल्याइने पनि प्रष्ट पारे ।

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/lR-uyrY62Tw” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: