‘सीप सिक्यौ अव काम चाहियो’

तनहुँ, बैशाख २५-

तनहुँ कारागारमा सजाय भोगिरहेका होमबहादुर दर्जी तीन महिने सिलाइकटाइ तालिम लिएपछि उत्साहित छन् । घरेलु तथा साना उद्योग विकास समिति र ब्यास नगरपालिकाको सहयोगमा कारागारमा सञ्चालित सिलाइकटाइ तालिमले उनलाई स्वरोजगार बन्न उत्प्रेरणा जगाएको छ ।

कारागारमा यत्तिकै बस्नुभन्दा केही सीप सिक्ने इच्छा बमोजिम तालिममा सहभागी भएका उनले सीप सिकेपछि अब कामको माग गरेका छन् । उनले भने , “सीप त सिकियो, अब कामको खोजी गरेका छौं ।उनको कैद भुक्तानी हुन अब दुई महिना बाँकी छ । कैद भुक्तान गरेर बाहिर निस्केपछि समेत सिलाइकटाइ व्यवसाय सञ्चालन गर्ने सोच बनाएको उनले बताए । उनले भने, “विभिन्न कारणवश कारागार आएर सजाय काटेँ, अव बाहिर निस्केर उद्यमी बन्ने सोच लिएको छु ।

कारागारमा नौ महिनादेखि सजाय काटिरहेका गणेशबहादुर गुरुङले समेत तालिमपछि अवको कामको सुनिश्चितता हुनुपर्ने बताए । तालिमले उत्साहित बनाएको भन्दै उनले कारागार प्रशासनले कामको खोजी गरिदिनुपर्ने माग गरे । उनले भने, “आफूको माग बमोजिम नै कारागारले सिलाइकटाइ तालिमको व्यवस्था गरिदियो, अव कामको पनि व्यवस्था गरिदिए हामीलाई सहज हुन्थ्यो ।

होमबहादुर र गणेशबहादुर जस्तै कारागारमा सजाय भोगिरहेका ११ कैदीबन्दी सिलाइकटाइ तालिमपछि उत्साहित भएका छन् । कारागारमा यत्तिकै वितिरहेको समयलाई सदुपयोग गर्दै सिलाइकटाइ तालीम लिएपछि उनीहरुमा उद्यमी बन्ने सोच पलाएको छ ।

कारागारबाट निस्किएपछि सिलाइकटाइ तालीम सञ्चालन गरेर उद्यमी बन्ने ज्ञानेन्द्रबहादुर श्रेष्ठले बताए । सिलाइकटाइ तालिम लिएका मोतीलाल गुरुङ, नुर अहमद मियाँ, मोतीलाल सुनार, सन्तबहादुर श्रेष्ठ र विष्णुकान्त परियारले समेत अब काम खोजीदिन आग्रह गरेका छन् । 

माघ २४ गतेदेखि शुरु भएको तालिममा प्रशिक्षक मानबहादुर परियारले प्रशिक्षण दिएका थिए । प्रशिक्षणको क्रममा कैदीबन्दीलाई मेसिन फिटिङ गर्ने, कपडा काट्ने, टाँकघर बुन्ने, पेटीकोट सिलाइ, सर्ट सिलाइ, पाइन्ट सिलाइ, हापपाइन्ट सिलाइ लगायतका सीप प्रदान गरिएको दर्जीले जानकारी दिए ।

जिल्ला कारागारका निमित्त प्रमुख नारायण अधिकारीले कैदीबन्दीको माग बमोजिम नै सिलाइकटाइ तालिम सञ्चालन गरिएको जानकारी दिँदै अवको कामको व्यवस्थाका लागि पहल गरिने बताए ।  उनले भने, “गार्मेन्ट उद्योगबाट आउने सिलाइकटाइका काम कारागारमा पनि उपलब्ध गराउन प्रयास भइरहेको छ ।रासस

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: