चिया मजदूरका समस्या किन सुन्दैन सरकार ?

झापा, बैशाख २४-

सरकारले गत साउनमा बृद्धि गरेको न्यूनतम ज्याला कार्यान्वयनको माग राख्दै झापामा आन्दोलनरत चिया बगान क्षेत्रमा कार्यरत श्रमिकले मंगलवार झापाको बिर्तामोडमा सडकमै सुतेर विरोध प्रदर्शन गरेका छन् आन्दोलन सुरु भएको ३८ औं दिनसम्म पनि श्रमिकका माग समाधान नभएपछि उनीहरु बिर्तामोडको मुक्ति चोकमा दिउँसोको प्रचण्ड गर्मीका बीच दिउँसो देखि बजेसम्म सडकमा सुतेका थिए

सरकारले गत साउनमा चिया वगानमा काम गर्ने श्रमिकको दैनिक ज्याला सय ८५ तोकेको थियो यसअघि श्रमिकले दैनिक सय ७८ रुपैंयाँ पाउँदै आएका थिए सरकारले न्यूनतम ज्याला बृद्धिको निर्णय गरेपनि उद्योगिहरुले भनें त्यसलाई पालना नगरी पुरानै ज्याला दिइरहेपछि श्रमिक आन्दोलित भएका हुन् गत भदौयता पटक पटक आन्दोलनमा उत्रेका चिया श्रमिक गत साउन १७ यता निरन्तर आन्दोलनमा छन् जतिपटक आन्दोलन गरेपनि चिया उद्योगीले माग सुनुवाई नगरेपछि श्रमिक अनिश्चितकालिन आन्दोलनमा उत्रिएका हुन्

झापा, ईलाम, धनकुटा लगायतका विभिन्न जिल्लाका चिया वगानमा गरी झण्डै ५३ हजार श्रमिक कार्यरत रहेको श्रमिक संगठनहरुको दावी झापामा श्रमिक आन्दोलित भइरहँदा चिया उद्योगी भनें राजधानी काठमाडौंमा सरकारले बृद्धि गरेको न्यूनतम ज्याला लागु गर्न नसकिने भन्दै राजनीतिक दलका नेताहरु तथा मन्त्रीहरुलाई सहमत गराउन प्रयत्नरत छन्

यो पनि पढ्नुहोस् विदेशबाट फर्केका हजारलाई बर्षदिन भित्र ऋण दिने एनएमवि बैकको घोषणा, सहमतिपत्रमा हस्ताक्षर

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: