५ लाखलाई रोजगारीको स्वागत, मध्यपूर्वमा काम गर्नेलाई स्वदेश फर्किने वातावरण बनाउन आग्रह

काठमाडौं, बैशाख २४-

नेपाली काँग्रेसका तर्फबाट साँसद रहेका प्रदीप गिरीले सरकारको नीति तथा कार्यक्रममा समेटिएको ५ लाखलाई स्वदेशमा नै रोजगारी दिने विषयको समर्थन गर्दै त्यो गर्न सके वर्तमान सरकार र प्रधानमन्त्रीलाई विश्वले नै अनुकरण गर्ने विचार राखेका छन् । संसदमा सरकारको नीति तथा कार्यक्रमका बारेमा बोल्दै साँसद गिरीले प्रतिपक्षका अन्य साँसदको भन्दा फरक रुपमा आफूलाई प्रस्तुत गरे । उनले नीति तथा कार्यक्रमका राम्रा पक्षको प्रशंसा र समर्थन गरे र तत्कालका लागि अनावश्यक ठानेका विषयको आलोचना गरे ।

साँसद गिरीले भने नेपालका लाखौं विदेशिएका मान्छेलाई कुन योजनाबाट ल्याउनुहुन्छ ? ५ लाख नेपालीलाई रोजगारी प्रदान गर्ने भनिएको छ, त्यो गर्नुस्, १० बर्ष पछि विश्वले नेपालको अनुकरण गर्नेछ । गिरीले त्यसका लागि नेपालको विकास आर्थिक वृद्धिदरको आधारमा होइन, विदेशमा खटिएका नेपालीलाई फिर्ता ल्याउने सामथ्र्यको आधारमा नापिनुपर्ने बताए ।

एक कविको कविताको अंश उधृत गर्दै उनले भने ‘आज मध्यपूर्वमा त्यो प्रचण्ड गर्मिमा काम गरिरहेका मान्छेलाई जुन योजनाले नेपाल फर्काउन सक्छ त्यो योजना हुन्छ प्रगतिमुखी ।”

उनले सरकारको पानीजहाज लगायतका कतिपय प्राथमिकता भनें तत्कालको आवश्यकता भन्दा टाढाको विषय रहेको तर्क गरे । ‘साँच्चै जनताको चाहना हो पानी जहाज ?’ उनले प्रश्न गरे ‘आफ्नो चाहनालाई जनताको चाहना भनेर प्रधानमन्त्रीले बुझ्नुभयो की ?’ उनले भएको एउटा जहाज राम्रोसँग चलाउँदै नेपाल बायु सेवाका आफ्नै २०-२५ वटा जहाज उडाउने वातावरण निर्माण गर्न आग्रह गर्दै क्रमैसँग रेल बनाउँदै त्यसपछि पानी जहाज चलाउनु उचित हुने विचार प्रकट गरे । उनले यदि साँच्चै पानी जहाज चलाउन नै जनमत रहेको भए संसदमा नै मतदान गरेर हेर्न चुनौति समेत दिए ।

यो पनि पढ्नुहोस् रमादानमा विदेशमा हराएको छोरोको फोन पर्खिंदै बाबु आमा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: