नेपालमा विद्यार्थी पढाउन परदेशबाट प्रयास

 

लक्ष्मण सापकोटा,युएई, वैशाख २२-

तनहुँ सेवा समाज युएईले छात्रबृत्ति अक्षयकोष स्थापनाका लागि दुबईमा साँस्कृतिक कार्यक्रम गरेको छ । तनहुँ जिल्लामा रहेका जेहेन्दार तथा विपन्न विद्यार्थीलाई आर्थिक सहयोग गर्न अक्षयकोष स्थापना गर्ने उद्धेश्यले कार्यक्रम गरिएको आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिका देबी घर्ति, लोक गायक राजु ढकाल र कला लम्सालले आफ्ना लोक तथा दोहोरी गीत प्रस्तुत गरे । कार्यक्रममा लाखे नाँच, कौडा नाँच  लगायत बिभिन्न लोक तथा आधुनिक नृत्य प्रस्तुत गरिएको थियो । पञ्चेबाजा सहितको दोहोरी गीतले दर्शक नचाउन सफल भयो ।

कार्यक्रम तनहुँ सेवा समाज युएईका अध्यक्ष कृष्ण पौडेलको अध्यक्षता तथा संरक्षक दिपक खड्काको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । करिव एक बर्ष अगाडी स्थापना भएको तनहुँ सेवा समाज युएईले यस अघि जिल्लाका मृगौला पिडित, बैदेशिक रोजगारीको शिलशिलामा दुबईमा ज्यान गुमाएका ब्यक्तिका परिवारलाई आर्थिक सहयोग गरेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय