आगामी बर्ष नै स्वदेशमा ५ लाखलाई रोजगारी 

काठमाडौं, बैशाख २०-

सरकारले आगामी बर्ष ५ लाख नेपालीलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्ने भएको छ । यो समाचार तयार पार्दा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरिरहेको सरकारको नीति तथा कार्यक्रममा सो कार्यक्रम समेटिएको छ ।

यसैगरी सरकारले उद्यमशीलता र रोजगारी वृद्धिलाई प्राथमिकतामा राखेको छ । सरकारको नीति तथा कार्यक्रममा स्वदेश भित्रै पर्याप्त रोजगारी सिर्जना, मलेशिया र जापानसँग भएको श्रम समझदारी, सामाजिक सुरक्षा कार्यक्रम लगायत समेटिएका छन् । 

सरकारले व्यवसायीक, सामुहिक र करार खेतीमा युवालाई आकर्षित गर्ने कार्यक्रम पनि ल्याउने भएको छ । यसैगरी ७ वर्ट प्रदेशमा औद्योगिक क्षेत्र निर्माणको कामलाई पनि सरकारले अगाडी बढाउने भएको छ । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: