मेनपावर व्यवसायीको मागः विदेशमा अवैधानिक हुन रोकौ, बीचमै फर्किए कामदारले क्षतिपूर्ति तिर्नुपर्छ

काठमाडौं, बैशाख १७-

नेपाल बैदेशिक रोजगार व्यवसायी संघले नेपालमा भनिएअनुसारकै काम र तलव पाउँदा पाउँदै पनि कामदार नेपाल फर्किएमा सम्वन्धित कामदारले क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । संघका अध्यक्ष रोहन गुरुङले बैदेशिक रोजगार बोर्डलाई पाठ्यक्रम परिमार्जनका क्रममा यस्तो व्यवस्था राख्न आग्रह गरेका छन् । बोर्डलाई पत्र पठाउँदै संघले कतिपय व्यक्तिका कारण विना कारण रोजगारदाता कम्पनी र बैदेशिक रोजगार व्यवसायीले अनावश्यक समस्या तथा आरोप खेप्नु परेको भन्दै क्षतिपूर्तिको माग गरेको हो ।

संघका अनुसार साउदी अरेविया लगायतका खाडीका मुलुकहरु गएका कामदार भनेको काम र तलव पाउँदा पाउँदै आफ्नै कारणले बीचमै फर्किन चाहेमा भिसा शुल्क ८ हजार रियाल(२ लाख ३५ हजार), हवाई टिकट वापत करिव ३ हजार रियाल(नेपाली ८५ हजार) तथा रेजिडेन्ट पर्मिट लगायतका अन्य खर्च क्षतिपूर्तिको रुपमा तिर्नुपर्ने माग राखेको छ ।

यसैगरी मलेशिया जानेहरुले लेवि शुल्क कार्यक्षेत्र अनुसार १२ सय देखि १८ सय रिंगेट( ३५ देखि ५३ हजार) र युरोप जानेहरुले भिसा शुल्क वापत १ हजार देखि १५ सय युरोसम्म(१ लाख ७० हजार देखि २ लाख ५५ हजारसम्म) क्षतिपूर्ति तिर्नुपर्ने संघको माग छ ।

यसैगरी मकाउ, जापान र हङकङको रोजगारीमा गएर करार अवधि पुरा नगर्दै स्वदेश फर्किन चाहने कामदारले भिसा खर्च वापत १ हजार देखि १५ सय अमेरिकी डलर(१ लाख देखि १ लाख ५० हजारसम्म) क्षुतपिूर्ति तिर्ने व्यवस्था समावेश गर्न संघको माग छ ।  

संघले कम्पनी छोडेर भाग्दा प्रहरीले धरपकड गर्न सक्ने र सुरुमा गएको कम्पनीले चोरी जस्तो अभियोगमा प्रहरीमा उजुरी हालिदिने हुँदा सुरुमा गएको कम्पनी छोडेर नभाग्न वा कम्पनीको सहमतिमा मात्र रोजगारदाता परिवर्तन गर्ने विषय पाठ्यक्रममा समावेश गर्न आग्रह गरेको छ । गएको बैशाख १५ गते बसेको बैदेशिक रोजगार बोर्डको बैठकले देशगत पाठ्यक्रम बनाउने स्वीकृत गरेको थियो ।

यो पनि पढ्नुहोस यी हुन् खारेजीमा परेका १० वटा मेनपावर कम्पनीहरु

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: