काठमाडौं, बैशाख १७-
बैदेशिक रोजगार विभागले १० वटा मेनपावर कम्पनीहरु खारेज गरेको छ । विभागले गत बैशाख १५ गतेको निर्णयमा ति मेनपावर कम्पनी खारेज गरेको जनाएको छ ।
खारेजीमा परेका मेनपावरहरुमा ईमरेल्ड ईन्टरनेशनल कन्सल्टेन्सी, स्टामफोर्ड ब्रिज ईन्टरनेशनल सर्भिस प्राली, ध्वानी ईन्टरनेशनल, पथ ईन्टरनेशनल ईम्प्लोयमेन्ट सर्भिस, प्रिसाईस ईन्टरनेशनल रहेका छन् ।
यसैगरी खारेजीमा परेका अन्य मेनपावर कम्पनीहरुमा ईनोभेटिभ सर्भिसेस, रि क्रिएशन ईन्टरनेशनल, प्रशिद्ध ओभरसिज, वल्र्ड फस्ट जव प्लेसमेन्ट तथा निजम ओभरसिज रहेका छन् ।
यो पनि पढ्नुहोस् युएईमा बस्ने नेपालीले रंगशाला बनाउन उठाए करिव २२ लाख