युएईमा बस्ने नेपालीले रंगशाला बनाउन उठाए करिव २२ लाख

लक्ष्मण सापकोटा, युएई, वैशाख १६-

धुर्मुस सुन्तली फाउण्डेशनको अगुवाईमा चितवनमा बनाउन लागिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि संयुक्त अरब ईमिरेटस (युएई)मा बस्ने नेपालीबाट करिब २२ लाख रुपैया सहयोग हुने भएको छ । सहयोग जुटाउन शुक्रबार युएईको दुबईमा धुर्मुस सुन्तली साँझ नामक साँस्कृतिक कार्यक्रम गरिएको थियो । कार्यक्रमबाट करिव १९ लाख रकम बचत हुने देखिएको आयोजक मुल समिति अन्तर्गतको लेखा समितिका सदस्य एकेन्द्र बहादुर थापाले जानकारी दिए । एकलाख रुपैया थप संकलन गरि २० लाख रुपैया फाउण्डेशनमा पठाउने निर्णय भएको थापाले जानकारी दिए । चितवन समाज युएईको संयोजनमा भएको कार्यक्रममा युएईमा क्रियाशिल ३८ वटा संस्था आयोजकका रुपमा रहेका थिए ।

यस्तै गायक प्रकाश पौडेलको संयोजनमा शनिबार राति युएईकै आबुधाबीमा भएको च्यारिटी डिनरबाट पाँच हजार नौ सय पैतिस दिराम अर्थात करिव १ लाख ८० हजार नेपाली रुपैया संकलन भएको छ । कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) समेतको सहभागितामा भएको च्यारिटी डिनरबाट संकलन भएको रकम नेपाल पठाई सकिएको गायक पौडेलले जानकारी दिए । नेपाली चुल्हो नामक रेष्टुरेन्टमा भएको कार्यक्रममा डिनर रेष्टुरेन्टले सौजन्य गरेको पौडेलले जानकारी दिए ।

फाउण्डेशनका संस्थापक सीताराम कट्टेल र कुञ्जना घिमिरेले आफ्नो फेसबुक पेजमा युएईमा भएका कार्यक्रमबाट २२ लाख रुपैया संकलन भएको उल्लेख गरेका छन् । कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै प्रति उनीहरुले आभार समेत प्रकट गरेका छन् ।

तीन अर्ब रुपैयाको लागतमा बन्ने अनुमान गरिएको रंगशाला बनाउन सहयोग जुटाउन यस अघि मलेसियामा भएको कार्यक्रमबाट ३५ लाख रुपैया संकलन भएको थियो । जापानमा पनि धुर्मुस सुन्तली साँझ गरिदै छ । बिभिन्न जिल्लामा सहयोग समिति निर्माण गरि सहयोग संकलन अभियान पनि शुरुहुँदै छ ।

यो पनि पढ्नुहोस् क्षतिपूर्ति दिन बैदेशिक रोजगार नियमावली संशोधन गरिंदै

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: