क्षतिपूर्ति दिन बैदेशिक रोजगार नियमावली संशोधन गरिंदै

काठमाडौं, बैशाख १५-

श्रम स्वीकृति लिएर बैदेशिक रोजगारमा गएका तर नेपालमा फर्केको अवस्थामा मृत्यु भएकाहरुलाई क्षतिपूर्ति दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बैदेशिक रोजगार नियमावलीमा संशोधन गर्ने भएको छ । यसका लागि आवश्यक व्यवस्था गर्ने निर्णय बैदेशिक रोजगार बोर्ड सचिवालयको बोडै बैठकले गरेको छ ।

बैठकमा सहभागि बोर्डका एक सदस्यका अनुसार बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले यसरी क्षतिपूर्ति पाउनबाट वञ्चितहरुका लागि क्षतिपूर्ति दिने बाटो खोल्न नियमावलीमा गर्नुपर्ने संशोधनको तयार एक हप्ता भित्रै सक्न निर्देशन दिएका छन् । यसका लागि ५ बोर्ड, बैदेशिक रोजगार विभाग, कानून मन्त्रालयका प्रतिनिधि सम्मीलित ५ सदस्यीय समिति समेत गठन गरिएको छ ।

बैठकमा मन्त्री विष्टले नियमावली संशोधनबाट हुनेहरुलाई सोबाट तथा त्यसबाट पनि नहुनेका लागि मन्त्री परिषद बैठकबाट पारीत गराउने प्रस्ताव गरेका थिए । बैदेशिक रोजगार बोर्डका अनुसार नियमावली संशोधनमार्फत हाल निवेदन दिएका मध्ये ६५ जनाले क्षतिपूर्ति पाउने छन्  विदेशमा विरामी परेर नेपाल फर्केर उपचारका क्रममा मृत्यु भएकाहरुको संख्या हो यो । 

यसैगरी श्रम सम्झौता गरेर विदेश गएर नेपाल फर्केको अवस्थामा मृत्यु भएकाहरुको परिवारलाई पनि क्षतिपूर्ति दिन बाँकी छ । त्यसरी निवेदन दिएकाहरुको संख्या ६८ छ । यसैगरी एउटा मुलुकको श्रम स्वीकृति लिएर बैदेशिक रोजगारमा पुगेका तर काम विदेशले अन्य मुलुकमा पुगेको अवस्थामा मृत्यु भएकाहरुका परिवारले पनि क्षतिपूर्तिका लागि बोर्डमा निवेदन दिएका छन् । नियमावली संशोधन मार्फत क्षतिपूर्ति दिन नसकिनेहरुका लागि भनें मन्त्री परिषदमा प्रस्ताव लैजाने बोर्ड बैठकले निर्णय गरेको छ । सो प्रस्ताव तयार पार्न मन्त्री विष्टले बैठकमा निर्देशन दिएका छन् ।    

यसैगरी बोर्ड बैठकले अभिमुखिकरण तालिम सम्वन्धी पाठ्यक्रम पनि पारित गरेको छ । विगत लामो समययता बोर्ड बैठक बस्न नसक्दा क्षतिपूर्ति तथा पाठ्यक्रम सम्वन्धी विषयमा अलमल कायम छ । बैठकले केहि विषयमा गाँठो फुकाएका कारण अव ति समस्या हल हुने अपेक्षा गरिएको छ । 

यो पनि पढ्नुहोस् रोजगारदातालाई सामाजिक सुरक्षामा ल्याउन अव श्रमिकको अभियान

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: