रोजगारदातालाई सामाजिक सुरक्षामा ल्याउन अव श्रमिकको अभियान

काठमाडौं, बैशाख १५-

नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) का अध्यक्ष बिनोद श्रेष्ठले सामाजिक सुरक्षा कोषमा सूचिकरणमा नजाने रोजगारदातालाई सूचिकरणमा ल्याउन अव अभियान थालिने बताएका छन् । मे दिवस लगत्तै देखि जिफन्टले देशव्यापी अभियान चलाउने तयारी गरेको उनले बताए ।

अन्तराष्ट्रिय श्रमिक स्मृति दिवसका अवसरमा जिफन्टले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले अव सूचिकरणमा नआउने आफ्ना रोजगारदातालाई प्रश्न गर्न श्रमिकलाई  आग्रह गरे । यसले सामाजिक सुरक्षा कोषमा सहभागि हुन रोजगारदाताहरुलाई दवाव सिर्जना हुने जिफन्टले अपेक्षा गरेको छ ।

यसैबीच श्रेष्ठले मे दिवस संघर्षशील परिचय बोकेको दिन भएको भन्दै यसलाई हर्षोल्लसका साथ मनाउन पनि सम्पुर्ण श्रमिकलाई आग्रह गरे । उनले मे दिवस भनेको प्राप्त उपलव्धीमा खुशीयाली मनाउने र बाँकी माग पुरा गर्न संकल्प गर्ने दिन भएको बताए । तसर्थ यस बर्षको मे दिवसमा पनि श्रमिकका तर्फबाट कार्यक्रमहरुमा ठूलो सहभागिताको अपेक्षा गरे ।

सो अवसरमा जिफन्टका महासचिव जनक चौधरीले संसारमा बर्षेनी लाखौ श्रमिकको काम गर्दागर्दै लाग्ने रोगका कारण मृत्यु हुने गरेको र धेरै घाइते हुने गरेको भन्दै उनीहरुको स्मृति तथा सुस्वास्थ्यको कामना गर्दै अन्तराष्ट्रिय श्रमिक स्मृति दिवस मनाउने गरिएको जानकारी गराए । यो फगत दिवस मात्र नभई सचेतना सन्देश फैलाउने दिन पनि भएको उनको भनाई थियो ।

महासचिव चौधरीले हामी कार्यरत ठाउँमा रहेका जोखिमको पहिचान गर्दै कार्यथलोलाई सुरक्षित बनाउन रोजगारदातालाई झक्झक्याउनु पर्ने धारणा राखे । उनले कार्यथलो कत्तिको सुरक्षित छ वा छैन भन्ने कुरा निक्र्यौल गर्न पनि दुर्घटनासम्वन्धि अभिलेख राख्नुपर्ने अव त्यसको थालनी गरिने जानकारी दिए ।

यो पनि पढ्नुहोस् विदेश जाने मानसिकता नबोकौंः मन्त्री विष्ट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: