विदेश जाने मानसिकता नबोकौंः मन्त्री विष्ट

काठमाडौं, बैशाख १५-

श्रम मन्त्री गोकर्ण विष्टले नेपालमा पढिसकेर विदेश जाने मानसिकता त्याग्न युवालाई आव्हान गरेका छन् । उनले अहिले विश्वविद्यालयहरुमा पढिरहेका विद्यार्थीहरुले मुलुकभित्रै काम गर्न आवश्यक रहेको भन्दै त्यसका लागि सरकारले वातावरण तयार पारिरहेको बताए । उनले मुलुकमा मर्यादित रोजगारीको वातावरण तयार पार्न सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै युवालाई मुलुक बनाउने काममा जुट्न आग्रह पनि गरे ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागद्धारा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य दिवसको अवसरमा आयोजित प्रभातफेरीमा बोल्दै मन्त्री विष्टले स्वदेशको रोजगारीलाई पनि सुरक्षित र मर्यादित बनाउन आवश्यक रहेको धारणा राखे । मन्त्री विष्टले एक बर्ष भित्रमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यको क्षेत्रमा गर्नुपर्ने सुधारको विषयमा कार्ययोजना बनाउन आवश्यक रहेको भन्दै १५/२० दिनभित्रैमा त्यसको तयारी गरिने पनि बताए ।

मन्त्री विष्टले भएका कानूनी व्यवस्थाको प्रभावकारी ढंगले कार्यान्वयन हुन नसक्नु समस्या भएको भन्दै सरकारको ध्यान यसमा पनि उत्तिकै रहेको बताए । उनले कुनै उद्योग प्रतिष्ठानमा श्रमिकको सुरक्षा र स्वास्थ्यको उचित व्यवस्था नभएमा त्यसलाई सरकारसम्म पुर्याउन श्रमिकलाई आग्रह पनि गरे ।

 

सो अवसरमा संयुक्त ट्रेड यूनियन समन्वय केन्द्र(जेटीयूसीसी) का अध्यक्ष विनोद श्रेष्ठले कार्यथलोलाई सुरक्षित र मर्यादित बनाउन दिवसले सन्देश दिने बताए । तर जिफन्टले हालै गरेको सर्वेक्षणमा नेपालका राम्रा भनिएका उद्योग प्रतिष्ठानहरुमा पनि व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यको स्थीति नाजुक रहेको देखिएको भन्दै यसमा सरकारको ध्यान पुग्नुपर्ने उनको भनाई थियो । उनले व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यमा गरिने लगानी खर्च होइन भन्दै यसका बारेमा रोजगारदाताहरुलाई पनि बुझाउन आवश्यक रहेको धारणा राखे । २० बर्ष काम गर्नुपर्ने श्रमिक १० बर्षमा नै रोगी भएर कामबाट बाहिरिनुपर्ने अवस्था आउनुले कार्यथलो सुरक्षित नरहेको देखाएको भन्दै सरकारलाई श्रम अडिटलाई प्रभावकारी रुपमा लागु गर्न आग्रह गरे ।  

यो पनि पढ्नुहोस् युएईमा धुर्मुस सुन्तलीको ब्यङग्य 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: