युएईमा धुर्मुस सुन्तलीको ब्यङग्य

लक्ष्मण सापकोटा, युएई, वैशाख १४-

चितवनमा धुर्मुस सुन्तली फाउन्डेशनले निर्माण गर्ने अन्तराष्ट्रिय क्रिकेट रंगशालाका लागि आर्थिक सहयोग जुटाउन संयुक्त अरब ईमिरेट्सको दुबईमा शुक्रबार धुर्मुस सुन्तली साँझ गरिएको

सहयोग रकम जुटाउन आयोजना गरिएको कार्यक्रममा कलाकार सिताराम कट्टेल (धुर्मुस) कुञ्जना घिमिरे (सुन्तली)ले सच्चा नागरिक नामक प्रहसन देखाए समसामयिक राजनीति, भ्रष्टाचार माथी ब्यङग्य गरिएको प्रहसनमा दर्शकले सम्वादै पिच्छे ताली बजाएर समथर्न गरेका थिए मुलुकमा ब्याप्त भ्रष्टाचारकै कारण लाखौ युवा विदेशिन बाध्यहुनु परेको, हरेक नेपालीले आफ्नो कर्तब्य पुरा गरे नेपाल छिटै विकसित हुने आसय प्रहसनमा देखाईएको थियो

कार्यक्रममा चर्चित गायक पुष्पन प्रधानले पंक्षी, बुवाको जुंगो लगायतका आधा दर्जन गीत गाए गायिका मेलिना राईले कुटुमा कुटु, गोजीमा दाम छैन लगायतका आधा दर्जन गीत गाईन

कार्यक्रमबाट बचत भएको रकम स्टेडियम निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग गरिने कार्यक्रमको ब्यवस्थापनको जिम्मा पाएको चितवन समाज युएईका अध्यक्ष परशुराम घिमिरेले जानकारी दिए युएईमा क्रियाशिल करिव ४० संस्थाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा आर्थिक सहयोग गर्ने ब्यक्तिलाई सम्मान गरिएको थियो

कार्यक्रमको आम्दानी खर्चको विवरण संकलन भईरहेकोले युएईबाट सहयोग हुने कुल रकम घोषणा गर्न एक दुई दिन लाग्ने मुल आयोजक समिति अन्तर्गतको लेखा समितिका सदस्य एकेन्द्र थापाले जानकारी दिए

यो पनि पढ्नुहोस् कामदारको स्वास्थ्य परिक्षण विमानस्थलमै गर्ने मलेशियाको तयारी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय