कामदारको स्वास्थ्य परिक्षण विमानस्थलमै गर्ने मलेशियाको तयारी

क्वालालम्पुर, बैशाख १३-

मलेशियाले आफ्नो मुलुक भित्रिने विदेशी कामदारको स्वास्थ्य परिक्षण विमानस्थलमा नै गर्ने व्यवस्था मिलाउने तयारी थालेको छ । यसले सम्भावित रोग लिएर भित्रिने विदेशी कामदारलाई विमानस्थलबाट नै सम्वन्धित व्यक्तिको मुलुक नै फर्काउन सकिने उसको तयारी छ ।

यसका लागि सम्वद्ध निकायहरुसँग मलेशियन सरकारले छलफल थालेको छ । यस विषयमा मलेशियन ट्रेड यूनियन कंग्रेसको नेतृत्वसँग पनि छलफल गरिएको छ । मलेशियामा स्वास्थ्य परिक्षणमा फेल भएपछि लुकेर मलेशियामा नै बस्ने विदेशी कामदारका कारण स्वास्थ्य समस्या बढेको भन्दै यसलाई रोक्न विमानस्थलमा नै स्वास्थ्य परिक्षण गर्ने सम्भावना अध्ययन सुरु भएको र यसमा राय सुझाव दिन मानव संशाधन मन्त्री एम कुलासेगरनले आग्रह गरेको एमटीयूसीले जनाएको छ ।

विमानस्थलमा नै सरकारी सेण्टरले स्वास्थ्य जाँच गर्ने, उनीहरुलाई सो सेण्टरमा तीनचार दिन राखेर मलेशियाको बारेमा जानकारी दिने र सोही अवधिभित्रमा स्वास्थ्य परिक्षणको रिपोर्ट हेरेर रोगी व्यक्तिलाई अध्यागमन कार्यालयले सम्वन्धित व्यक्तिको मुलुक फर्काउने व्यवस्था मिलाउने तयारी भइरहेको जनाइएको छ । यसका बारेमा मलेशियाको मन्त्री परिषदमा एक चरणमा छलफल भइसकेको जनाइएको छ ।

हाल बैदेशिक रोजगारीका लागि आउने कामदारहरुलाई सिधै रोजगारदाताले लैजाने र एक महिना भित्रमा स्वास्थ्य परिक्षणमा लैजाने गरेका छन् । यसले स्वास्थ्य परिक्षणमा असफल हुनेहरु भागेर अन्यत्र काम गर्ने र यो मलेशियाका लागि चुनौति भएको मलेशियाको सरकारको बुझाई छ ।

यो पनि पढ्नुहोस् खुम्चिंदै मलेशियाको रोजगारी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: