बैदेशिक रोजगारमा जाने झण्डै आधा घटे

काठमाडौं, बैशाख ११-

गत बर्षको तुलनामा यस बर्षको चैत्रमा बैदेशिक रोजगारमा जानेहरुको संख्या झण्डै आधा घटेको छ । गत चैत्रमा १६ हजार ४ सय ४२ नेपाली बैदेशिक रोजगारमा गएका छन् । अघिल्लो आर्थिक बर्षको चैत्रमा बैदेशिक रोजगारमा जाने नेपालीको संख्या ३१ हजार ८ सय १८ थियो ।

गत बर्ष चैत्रमा मलेशिया जाने नेपालीको संख्या ११ हजार ४ सय ३ थियो । यसबर्षको चैत्रमा सो संख्या ९५ छ । रोजगारीका लागि मलेशिया जाने कामदारसँग चर्को रकम उठाउने संस्थाहरुलाई गैरकानूनी ठहर्याउँदै श्रम मन्त्री गोकर्ण विष्टले बन्द गराइदिएयता मलेशियाको रोजगारी पूर्ण रुपमा खुलेको छैन । यसबीचमा कलिङ भिसा आइसकेकाहरुलाई रोजगारीमा जान खुल्ला गरिएको भएपनि अ अधिकाँशको भिसाको म्याद सकिइसकेका कारण उल्लेख्य संख्यामा नेपाली पुनः मलेशिया जान थालेका छैनन । मलेशियाको रोजगारीमा जानेहरुको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्था सूचिकरणको काम चलिरहेको र मलेशियाले पनि नयाँ पद्धती अवलम्वन नगरिसकेका कारण मलेशियाको रोजगारीमा नयाँ कामदार जान अझै केहि समय लाग्न सक्ने मन्त्रालय श्रोतले बताएको छ ।

गत चैत्रमा सवैभन्दा धेरै नेपाली रोजगारीका लागि कतार गएका छन् । सो महिनामा कतारका लागि ६ हजार २ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । यसैगरी दोश्रोमा युएई देखिएको छ जहाँका लागि ४ हजार २ सय ३० नेपालीले अन्तिम श्रम स्वीकृति लिएका छन् । यसैगरी तेश्रोमा साउदी अरेविया देखिएको छ जहाँको रोजगारीका लागि ३ हजार ८ सय ६९ जनाले श्रम स्वीकृति लिएका छन् । चैत्रमा बैदेशिक रोजगारीमा गएका नयाँ कामदार मध्ये १ हजार ४ सय ७४ जना महिला रहेको बैदेशिक रोजगार विभागले जनाएको छ ।   

पुनः श्रम स्वीकृति लिएर विदेशीनेको संख्या भनें गत बर्षको चैत्र र यस बर्ष झण्डै उस्तै देखिएको छ । गत बर्षको चैत्रमा २५ हजार ९३ जनाले पुनः श्रम स्वीकृति लिएर बैदेशिक रोजगारमा गएकोमा यस बर्षको चैत्रमा २६ हजार १ सय ७० जना पुनः श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश गएका छन् ।

यो पनि पढ्नुहोस् ड्युरियन खाँदा के खानु हुन्न रु मलेशियामा ड्युरियन बेच्न सरकारी ईजाजत चाहिने

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: