ड्युरियन खाँदा के खानु हुन्न ? मलेशियामा ड्युरियन बेच्न सरकारी ईजाजत चाहिने

क्वालालम्पुर, बैशाख १०-

मलेशिया सरकारले ड्युरियन फलफूल विक्रेताहरुले अनिवार्य रुपमा ईजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको छ । मलेशियाले यस्तो व्यवस्था पहिलो पटक गरेको हो । हाल अनुमतिपत्र लिनेहरुको अनुमति अगष्ट महिनाको अन्तिमसम्म कायम हुने जनाइएको छ । अनुमति नलिई ड्युरियन बेच्नेहरुलाई कानूनी कारवाही हुने चेतावन सरकारले दिएको छ ।

कुनै पनि विदेशी नागरिकलाई ड्युरियन फलफूल बेच्न अनुमति नभएको र त्यसलाई प्लाष्टिकमा प्याक गर्न पनि नपाइने सरकारी अधिकारी वाङले प्रष्ट पारेको द स्टारले जनाएको छ । ड्युरियन नेपालको रुख कटहर जस्तै फल भएका कारण सो फल खाँदा केहि सावधानी अपनाउनु पर्दछ । ड्युरियन खाएपछि खान नहुने केहि बस्तु खाएका कारण कतिपय व्यक्तिले ज्यान नै गुमाउनु परेका घटना बेला बेला सार्वजनिक हुने गरेका छन् ।

ड्युरियन खाँदा के खानु हुन्न ?

ड्युरियन खाएपछि खान नहुने कुरामा ह्वाइट वाइन हो । ड्युरियनमा उच्च मात्रामा हुने सल्फरका कारण ह्वाइट वाइन लगायतका अल्कोहल नखान विज्ञले सुझाव दिएका छन् । यसैगरी यो फलफूल खाएपछि खसीको तथा गाइको मासु खाएमा पनि हानी गर्ने स्वास्थ्य क्षेत्रका विज्ञको भनाई छ ।

ड्युरियनको साथमा दुध पनि खानु हुन्न । यसले रक्तचाप बढाउने भएका कारण हृदयाघातको जोखिमलाई बढाउने विज्ञहरु बताउँछन् । यसैगरी ड्युरियन र लिच्ची पनि एकसाथ नखान विज्ञले सल्लाह दिएका छन् । दुवै फलफूलले शरिरमा तापक्रम बृद्धि गर्ने भएका कारण जोखिम बढ्ने उनीहरुको राय छ ।

ड्युरियनको साथमा खान नहुने अर्को कुरा कफी पनि हो । दुवै कुराले रक्तचाप बढाउने भएका कारण एकसाथ खाँदा यसले हृदयाघातको जोखि म बढाउँछ । यसैगरी भाण्टा पनि ड्युरियनको साथमा खान नहुने तरकारीमा समावेश छ । समुद्री खानेकुरा र गंगटा पनि यसको साथमा खानु हुन्न ।

यो पनि पढ्नुहोस् मलेशियामा समस्यामा परेमा यो नम्वरमा फोन गर्नु

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: