
राजा बगर, पाल्पा, बैशाख ९-
पछिल्लो समयमा विकास निर्माणको काममा अग्रसर धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न लागेको “गौतमबुद्ध अन्तरराष्ट्रीय क्रिकेट रंगशाला निर्माणमा सहयोग जुटाउन युएईमा धुर्मुस सुन्तली साँझ हुँदैछ ।
चितवन समाज युएईको संयोजनमा हुन गईरहेको सो कार्यक्रममा युएईमा कृयाशिल ३७ वटा संघसंस्थाहरु हालसम्म आयोजकको भूमिकाका उभिएका छन् ।
अप्रिल २३ अर्थात बैशाख १३ गते हुन गईरहेको सो कार्यक्रम ग्रान्ड एक्सेलसिय होटल बरदुबईमा हुनेछ ।
युएईमा कार्यरत नेपालीका तर्फबाट मुलुकमा एउटा महत्वपूर्ण काम हुन लागिरहेको अवसरमा गर्न खोजिएको हातेमालोले देशविदेशमा सकारात्मक सन्देश दिने अपेक्षा संयोजक चितवन समाज, युएईले राखेको छ । धुर्मुस सुन्तली फ़ाउण्डेसनले यस अघि पनि भूकम्प पिडितहरुको लागि आवास निर्माणमा सहयोग गरेको थियो ।
यो पनि पढ्नुहोस् युएईमा पाल्पालीको रौनक