मलेशियामा समस्यामा परेमा यो नम्वरमा फोन गर्नु

क्वालालम्पुर, बैशाख ९-

मलेशियामा कार्यरत रहेको अवस्थामा वा मलेशियाको दूतावासबाट सेवा लिनु पर्ने भएमा त्यसका लागि दूतावासले ०३ २०२०१८९९ मा फोन गर्न आग्रह गरेको छ । सेवा लिन चाहनेहरुलाई सजिलोका लागि दूतावासले एक्सटेन्सन नम्वरहरु सहितको जानकारी सार्वजनिक गरेको हो ।

दूतावासबाट ट्राभल डकुमेण्ट, कागजात प्रमाणिकरण र अधिकृत वारेशनामा चाहिएमा ०३ २०२० १८९९ मा फोन गरी एक्सटेन्सन नं १ थिच्नु पर्नेछ । राहदानी बनाउन र बने नबनेको बारे बुझ्नु परेमा भनें एक्सटेन्सन नं २ थिच्नु पर्नेछ । यसैगरी जेल, डिटेन्सन, खोजतलास, उद्धार एवं कानूनी सहायताका लागि एक्सटेन्सन नं ३  थिच्न दूतावासले अनुरोध गरेको छ ।

कम्पनीप्रति गुनासो, मलेशियाको अध्यागमन र भिसा सम्वन्धी, कामदारको तलवसुविधा र श्रम सम्वन्धी उजुरी गर्नुपरेमा एक्सटेन्सन नं ४ थिच्नु पर्नेछ । मृतकको शव फिर्ता, कामदारले पाउने क्षतिपूर्ति र विकाका बारेमा सेवा लिनु परेमा एक्सटेन्सन ५ थिच्नु पर्नेछ ।

हटलाइनमा सिधै फोन गर्नुपरेमा ०१६ २४७२७७७ मा फोन गर्न दूतावासले अनुरोध गरेको छ ।

यो पनि पढ्नुहोस् रक्सीले मातेर स्थानीय महिलालाई अभद्र व्यवहार गर्न थालेपछि…..

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: