मलेशियामा रक्सीले मातेर स्थानीय महिलालाई अभद्र व्यवहार गर्न थालेपछि….

क्वालालम्पुर, बैशाख ८-

मलेशियाको बुकित मिनायकमा दुई नेपालीलाई स्थानीय व्यक्तिले कुटेर मरणासन्न बनाएका छन् । उनीहरुले एक ट्याक्सी चालक महिलालाई दुव्र्यवहार गरेको आरोप छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार ति दुई नेपाली २३ बर्ष र २९ बर्षका हुन् जसले एक २७ बर्षिय स्थानीय महिलालाई दुव्र्यवहार गरेका थिए । ग्रयाव ट्याक्सी चालक ति महिलालाई ति दुई मध्ये एक नेपालीले हातपात गरेपछि उनले ट्याक्सी रोकेको र मद्धत मागेपछि स्थानीय व्यक्तिहरुले उनीहरुलाई मरणासन्न हुनेगरी कुटेको समाचारमा जनाइएको छ । घटना शुक्रवार बेलुकी ५ः३० को हो ।

पछिल्लो सीटमा बसाउन खोजेपनि त्यसमध्ये एक युवक जवर्जस्ती चालकसँगैको अगाडीको सिटमा बस्न प्रयत्न गरेको र ति चालक महिलालाई अँगालो मार्ने र चुम्वन समेत गरेपछि उनले गाडी रोकेर मद्धत मागेको उल्लेख छ । आक्रोशित भीडले तिनिहरुलाई कुटपीट गरेर प्रहरीको जिम्मा लगाइदिएका थिए । उनीहरुलाई १४ दिन थुनामा राखेर अनुसन्धान गरिने स्थानीय प्रहरी प्रमुखले बताएका छन् । ति दुवैले रक्सी खाएका कारण सो घटना भएको देखिएको सञ्चार माध्यमहरुले जनाएका छन् । 

यो पनि पढ्नुहोस् युएईमा नेपाली कलाकारको ओईरो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: