युएईमा नेपाली कलाकारको ओईरो

लक्ष्मण सापकोटा, युएई, बैशाख ७-

झण्डै तीन लाख नेपाली कार्यरत युनाईटेड अरब ईमिरेटस् (युएई)मा नयाँ बर्षमा नेपाली संघ सस्थाले आयोजना गरेका कार्यक्रमका लागि दर्जन बढि कलाकार युएई आईपुगेका छन् उनीहरुले सर्वजनिक विदाको दिन पारेर शुक्रबार आयोजना गरिएका फरक फरक कार्यक्रममा आफ्ना प्रस्तुती देखाएका छन् परदेशी भुमिमा नेपाली नयाँ बर्षमा नेपाली कलाकारको प्रस्तुती हेर्न, सुन्न पाउँदा यहाँ कार्यरत नेपाली खुशी देखिएका छन्

पाल्पाली समाज युएईले आफ्नोे चौथो बार्षिककोत्सव तथा नयाँ बर्षको अवसर पारेर आयोजना गरेको पाल्पाली साँझ २०७६ मा चर्चित लोक तथा दोहोरी गायक नारायण रायमाझीले आफ्ना प्रस्तुती राखे यस्तै युवा गायक पुरुषोत्तम गैरे सम्झना लामिछाने मगरले पनि सो कार्यक्रममा आफ्नो प्रस्तुती राखे

नयाँ बर्षकै अवसर पारेर तामाङ समाज युएई सहितका संघ संस्था मिलेर आयोजना गरिएको डम्फु साँझमा पनि आधा दर्जन कलाकारले आफ्ना प्रस्तुती राखे देरा दुबईमा आयोजित कार्यक्रममा नेपालबाट आएका सेलो गायक तथा गायिकाहरु इन्दिरा गोले, जितु लोप्चन, विश्व दोङ, फुलकुमार बम्जन, सुमन घले, तामाङ चलचित्रका निर्माता तथा नायक अमिर दोङ तामाङ, नायिका सुनिता लुङवा, सुस्मा मोक्तान, स्मारिका थिङ लगायतका कलाकार सहभागि भई आफ्ना प्रस्तुती राखे   हाम्रो डम्फू हाम्रै शान, यसैमा तामाङ पहिचान भन्ने नारा दिईएको कार्यक्रमले लोप उन्मुख परम्परागत बाजाको महत्व उजागर गर्न सहयोग पुग्ने अपेक्षा गरिएको कार्यक्रम संयोजक सुरेन्द्र थिङ तामाङले जानकारी दिए

यस्तै न्युयोर्क होटलमा आयोजना गरिएको न्यु ईयर साँझमा गायक सुगम पोख्रेल, निशान भटटराई लगायतका कलाकारले आफ्नो प्रस्तुती राखे

राजदुतलाई स्वागत

नयाँ बर्षकै अवसर पारेर गैर आवासिय नेपाली संघ युएईको संयोजकत्वमा युएईमा क्रियाशिल करिव  ५० वटा संस्थाले संयुक्त रुपमा नेपाली राजदुतलाई स्वागत गरेका छन् एक महिना अघि युएई आएका राजदुत कृष्ण ढकाललाई स्वागत गरिएको हो

बिहिबार युएईमा रहेका नेपाली ब्यवसायीको संस्था नेपाली बिजनेश काउन्सिल युएईले पनि राजदुत ढकाललाई स्वागत गरेको थियो राजदुत ढकालले ब्यवसायीलाई नेपालमा लगानीको वातावरण बनेको भन्दै नेपालमै पनि लगानी बढाउन आह्वान गरेका थिए

यो पनि पढ्नुहोस् विदेशबाट नै भोट हाल्ने व्यवस्थाः के हुँदैछ तयारी?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: