युएईमा पाल्पालीको रौनक

 

राजा बगर, पाल्पा, बैशाख ७-

पाल्पाली समाज युएईको चौथौ बार्षिकउत्सव तथा नयाँ बर्ष साँझ बरदुबईको क्लब एभरेस्टमा सम्पन्न भएको छ। कार्यक्रमममा कलाकार तथा चलचित्र निर्देशक नारायण रायमाझी, रोईला गीतले चर्चित पुरुषोत्तम गैरे लोक गायिका सम्झना लामिझानेको साथमा युएईमा कार्यरत नेपाली कलाकारहरुको प्रस्तुती रह्यो

कैलाश अर्यालको स्वागत मतब्यबाट सुरु भएको कार्यक्रममा सय भन्दा धेरै दर्शक उपस्थित थिए

अथितिहरुलाई समाजले पाल्पाली ढाका टोपीले स्वागत गरेको थियो युएईमा कार्यरत कलाकार सुदिप गैरे, हरि डाँगी, लक्ष्मि भट्टराईले सो अवसरमा आफ्नो कला गला प्रस्तुत गरेका थिए। साथमा सोरठि नृत्यले कार्यक्रममा रौनक़ बढाएको थियो।

युएईमा सयौं संघसंस्थाको बिचमा चौथौ बर्षमा नै पाल्पाली समाजले गरेका उदाहरणीय कामका कारण राम्रो छवि बनाएको समाजका संस्थापक गितामणि पाण्डेले बताए कार्यक्रम समाजका अध्यक्ष वेद प्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो

यो पनि पढनुहोस् विदेशबाट नै भोट हाल्ने व्यवस्थाः के हुँदैछ तयारी 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: