मलेशियामा विदेशी श्रमिक घटाउने प्रयास, बढ्दो संख्याले चिन्तित प्रधानमन्त्री

क्वालालम्पुर, बैशाख ५-

मलेशियामा बढदो विदेशी श्रमिकको संख्या टाउको दुखाईको विषय बन्दै गएको छ । अहिलेकै गतिमा विदेशी श्रमिकको संख्या बृद्धि भए वा कायम रहेमा निकट भविष्यमा अर्को समस्या थपिने भन्दै त्यसलाई रोक्न स्वयं मलेशियाली नागरिक नै सचेत हुनुपर्ने मलेशियाली प्रधानमन्त्री महाथीर मोहम्मदले बताएका छन् ।

प्रधानमन्त्री महाथीरले मलेशियामा हाल २० लाख बंगलादेशी नागरिक रहेको र उनीहरुल मलेशियामा रोजगारीको ठूलो हिस्सा ओगटेको भन्दै यसले निकट भविष्यमा नै बंगलादेशीलाई मलेशियामा चौथो ठूलो शक्तिका रुपमा स्थापित गर्ने बताएका हुन् । उनले हाल मलेशियामा मले, चिनिया र भारतीय गरी तीन मुलका नागरिक रहेकोमा चौथो स्थान बंगलादेशीले लिनसक्ने तर्फ सचेत गराएका हुन् । जव स्थानीय नागरिकले काम गर्दैनन्, बाहिरबाट आउँछन् यो स्वभाविक हो प्रधानमन्त्री महाथीरले भनेका छन् यसअघि पनि भारत र चीनबाट रवर र खानीमा काम गर्न ल्याइएका कामदार नै यहाँका नागरिक भएका हुन् । 

उनले ईतिहास पुनः सोही बाटोमा गएको भन्दै मलेशियन नागरिकलाई स्वदेशमा रोजगारीमा केन्द्रीत हुन आव्हान पनि गरे । नेपालमा पनि आन्तरीक बजारमा उपलव्ध रोजगारीमा नेपाली आकर्षित नभएका कारण श्रमको सम्मान सम्वन्धी अभियान सञ्चालनको तयारी भइरहेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यसको तयारी गरिरहेको जनाएको छ ।

यो पनि पढ्नुहोस् ६५ वटा मेनपावर कम्पनी जसले महिनामा १ जना नेपाली विदेश पठाए

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय