६५ वटा मेनपावर कम्पनी जसले महिनामा १ जना नेपाली विदेश पठाए

 

काठमाडौं, बैशाख ४-

गत फागुनमा सवैभन्दा धेरै नेपालीलाई रोजगारीमा पठाउनेमा एसओएस मेनपावर कम्पनी देखिएको छ । दोश्रोमा प्याराडाइज छ भनें तेश्रोमा द रिभर ओभरसिज रहेका छन् । केवल एक जना व्यक्ति विदेश पठाउने मेनपावर कम्पनीको संख्या ६५ रहेको छ । यसैगरी ४५ वटा मेनपावर कम्पनीले महिना दिनमा २ जनाको दरले विदेश पठाएका छन् भनें तीनजना पठाउनेको संख्या ५० रहेको छ । 

यसैबीच बैदेशिक रोजगारमा जाने नेपाली मध्ये झण्डै आधा अदक्ष श्रमिकका रुपमा जाने गरेको देखिएको छ । बैदेशिक रोजगार विभागका अनुसार बैदेशिक रोजगारमा जान अन्तिम श्रम स्वीकृति लिने मध्ये झण्डै आधा अदक्ष श्रमिकको रुपमा काम गर्न अनुमति लिएका छन् ।

गत फागुन महिनाको विभागको तथ्याँक अनुसार बैदेशिक रोजगारमा जान अन्तिम श्रम स्वीकृति लिएका नयाँ, पुनः श्रम स्वीकृति तथा वैधानिकरण गरी ४४ हजार ६ सय ८८ मध्ये २४ हजार ७ सय २३ जनाले अदक्ष कामदारको रुपमा जान स्वीकृति लिएका हुन् । यसैगरी दक्षमा १६ हजार ३ सय २२, अर्धदक्षमा ३ हजार ५ सय २२ तथा व्यवसायीक काममा जान ९६ जनाले स्वीकृति लिएका छन् । सो महिनामा २५ जनाले उच्च दक्ष श्रमिकका रुपमा रोजगारीमा जान श्रम स्वीकृति लिएको विभागको तथ्याँक छ । 

फागुन महिनामा बैदेशिक रोजगारमा गएका ४४ हजार मध्ये सवैभन्दा धेरै पुनः श्रम स्वीकृति लिने छन् । सो महिना पुनः श्रम स्वीकृति लिनेको संख्या २४ हजार ६ सय १२ रहेको छ । त्यसमध्ये १ हजार ७१ महिला छन् ।

नयाँ जानेको संख्या १७ हजार ८ सय ७५ रहेको छ भनें नयाँ व्यक्तिगत जानेमा ६ सय ७६ छन् । वैधानिकरण गरेर जानेको संख्या भनें १ हजार ५ सय २५ रहेको छ जसमध्ये १ सय २३ जना महिला छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय