‘तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर’

काठमाडौं, चैत्र २९-

नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) ले बिना शर्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न चिया वगान तथा चिया प्रशोधन उद्योगका सञ्चालकहरूलाई अनुरोध गरेको छ । जिफन्टका महासचिव जनक चौधरीले प्रेस विज्ञप्ती प्रकाशित गर्दै चिया उत्पादकहरूले आफ्नो निहित स्वार्थ पूरा गर्न श्रमिकको न्यूनतम पारिश्रमिकलाई सौदावाजीको माध्यम बनाउनु निन्दा योग्य कुरा भएको बताएका हुन् ।

विज्ञप्तीमा निर्णय प्रकृयामा सामेल हुने तर आफ्नो अभिष्ट पूरा नभएपछि श्रमिकसँग पौँठेजोरी खेल्नु निकृष्ट सोचाईको पराकाष्टा भएको जनाइएको छ । त्रिपक्षीय सहमतिमा नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरेपछि त्यसप्रति बिमति राख्ने अधिकार कसैलाई हुँदैन भन्दै बिना शर्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न आग्रह गरिएको हो ।

जिफन्टले नेपालको श्रम बजारलाई अशान्त बनाएर नेपालमा टे«ड यूनियनले काम गर्न दिंदैनन् भन्ने भ्रम सिर्जना गर्न उद्धत तत्वहरूको ईशारामा नेपालका चिया उत्पादकहरू लागेको ठहर गरेको छ । यस्तो प्रवृतिलाई त्यागेर श्रमिक र टे«ड यूनियनहरूसँग सम्वाद गर्दै व्यवहारिक रूपमा दीर्घकालिन समाधानका उपाय पहिल्याउन सकिने कुरालाई नभुल्न जिफन्टले आग्रह गरेको हो ।

यो पनि पढ्नुहोस् ‘भो, अव म विदेश जान्न’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: