नयाँ बर्षमा पाल्पाली साँझ

राजा बगर, पाल्पा, चैत्र २८-

पाल्पाली समाज युएईले अप्रिल १९, शुक्रबार नयाँ बर्षको अवसर पारेर युएईको क्लब एभरेष्टमा पाल्पाली साँझ कार्यक्रम आयोजना गर्ने भएको छ । चौथो बार्षिकोत्सवको सन्दर्भ पारेर कार्यक्रम आयोजना गर्न लागिएको हो ।

कार्यक्रममा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरु लोकगायक तथा चलचित्र निर्दैशक नारायण रायमाझी, रोईला गीतका चर्चित युवा गायक पुरुषोत्तम गैरे र गायिका सम्झना लामिछाने लगायत युएईमै कार्यरत नेपाली कलाकारको प्रस्तुती रहनेछ ।

युएईको बदलिदो कानुनलाई मध्यनजर गर्दै पाल्पाली समाज, युएईले कार्यक्रम गर्ने कार्यक्रम संयोजक कैलाश अर्यालले जानकारी दिए।

चार बर्ष अघि खजुरको रुखमुनि स्थापना भएको पाल्पाली समाज युएई हाल युएईको सकृय समाज मध्येको एक हो । युएईमा मात्र नभई नेपालका बिभिन्न स्थान आईपरेका समस्याहरुमा आर्थिक, नैतिक सहयोग गर्दै आईरहेको पाल्पाली समाजले हरेक बर्ष तिजको अवसरमा युएईमा कार्यरत नेपाली महिलालाई माईति बनेर दर खुवाउदै आएको समाजका अध्यक्ष बेद प्रसाद अर्यालले बताए ।

यो पनि पढ्नुहोस् बैदेशिक रोजगार विभागका महानिर्देशक भन्छन्ः मेनपावर व्यवसायीले गल्ती नदोहोर्याउन्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: