बैदेशिक रोजगार विभागका महानिर्देशक भन्छन्ः मेनपावर व्यवसायीले गल्ती नदोहोर्याउन्

काठमाडौं, चैत्र २७-

बैदेशिक रोजगार विभागको महानिर्देशकमा सहसचिव डा. भिष्म भुषाल नियुक्त भएका छन् श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सहसचिव भुषाललाई विभागको महानिर्देशकको जिम्मेवारी दिएको हो यसअघिका महानिर्देशक दिलिप चापागाईंले उमेर हदका कारण अवकास पाउनु अघि विदामा बसेपछि भुषाल नयाँ महानिर्देशकका रुपमा विभाग पठाइएका हुन्

महानिर्देशकको जिम्मेवारी पाएपछि भुषालले आफूलाई विदेशमा रहेका करिव ४३ लाख नेपाली दाजुभाई दिदीबहिनीहरुको पीडा सुन्ने जिम्मेवारी आइपरेको भन्दै सहयोगको आग्रह गरेका छन् सामाजिक सञ्जाल फेसबुकमा सहसचिव भुषालले लेखेका छन्ः “विदेशमा रहनु भएका करिब ४३ लाख नेपाली दाजुभाइ दिदीबहिनीहरुको पीडा सुन्ने जिम्मेवारी आइपरेको छ। वैदेशिक रोजगारीको क्रममा ठगिएका तथा दुख पाएका दाजुभाइ दिदीबहिनीहरुको दुखमा मलहमपट्टी लगाउन मेरो टीमले कुनै कसर बाँकी राख्ने छैन। यद्यपि सीमित जनशक्ति तथा स्रोतसाधनले बाँधिएको हुँदा यहाँहरुले अपेक्षा गरेजस्तो चमत्कारै गर्न सकिने अवस्था चाहीं छैन तथापि हाम्रो सम्पूर्ण मन वचन कर्म यहाँहरुको सेवामा लाग्नेछ।

यस विभागमा मैले विकासका काम देखाउन सक्ने होइन। हिजोको भन्दा भिन्न चुनौती मेरा सामु छ।

यस परिप्रेक्षमा विभागको सेवा प्रवाहमा सुधारका उपायहरुबारे मलाई मेसेन्जरमा वा अन्य सञ्चारका माध्यमबाट यहाँहरु सबैले सुझाव दिनुहुनेछ।

सञ्चारकर्मी मित्रहरु, यहाँहरुको साथ सहयोग मेरा लागि सधै झै निकै महत्वपूर्ण हुनेछ।

वैदेशिक रोजगार व्यवसायी मित्रहरु, यहाँहरुको पेशागत मर्यादा संस्थागत छवि सुधार गर्नका लागि यहाँहरुले विगतका गल्ती नदोहोराउनु होला। वैदेशिक रोजगारलाई मर्यादित पेशा वैदेशिक रोजगार विभागलाई सम्मानित गौरवमय संस्थाको रुपमा स्थापित गर्न हातेमालौ गरौं।”

वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत समेत रहेर  काम गरेका भुषालले यसअघि पुनःनिर्माण प्राधिकरणमा पनि काम गरेका थिए । उनी मन्त्री गोकर्ण विष्टले रोजेर ल्याएका सहसचिव मध्येमा पर्दछन् ।  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: