कलिङ भिसामा १९ जनाले लिए श्रम स्वीकृति, आगामी हप्तादेखि चाप बढ्ने अनुमान 

काठमाडौं, चैत्र २६-

मलेशियाको कलिङ भिसा आएकाहरुका लागि श्रम स्वीकृति दिन सुरु गरेको झण्डै एक साताभित्र केवल १९ जनाले श्रम स्वीकृति लिएका छन् । सोमवार २ जनाले तथा मंगलवार १७ जनाले गरी १९ जनाले श्रम स्वीकृति लिएको बैदेशिक रोजगार विभागले जनाएको छ ।

झण्डै ९ हजार व्यक्तिको कलिङ भिसा आएको र त्यसमध्ये ७ हजार मलेशिया जान पर्खिरहेको बैदेशिक रोजगार व्यवसायीले बताउँदै आएका थिए । तर कलिङ भिसामा श्रम स्वीकृति दिन सुरु गरिएपनि आवेदन भनें अत्यन्तै थोरै व्यक्तिको परेको हो ।

नेपाल बैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष रामप्रसाद भन्तनाले धेरै व्यक्तिको भिसाको समय सकिएका कारण त्यसको नविकरण रोजगारदाताले गरेर पठाउनु पर्ने भएका कारण समस्या भएको बताए । उनले आगामी हप्ता देखि भनें संख्या बढ्ने बताए ।

यो पनि पढ्नुहोस् होलान् त मलेसियाका यी समस्या समाधान ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय