मलेशियामा बस दुर्घटनामा परेर दुई नेपाली सहित १३ जनाको मृत्यु

अपडेट

तिलोचन गौतम, क्वालालम्पुर, चैत्र २५

मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा काम गर्ने कामदार बोकेर विमानस्थल तर्फ जाँदै गरेको बस आइतवार राती दुर्घटनामा परेको छ। विमानस्थल नजिकै सेपाअङमा दुर्घटना हुँदा २ नेपाली सहित १३ जनाको मृत्यु भएको छ भने ३० जना भन्दा बढी घाइते भएका छन ।

नेपाली , बाङ्लादेशी र इन्डोनेशियन कामदार चढेको गाडी विमानस्थल नजिकै सेपाअङमा दुर्घटना भएको हो । दुर्घटनामा परि बर्दियाका रामु चौधरी र सर्लाहीका जगनाथ सिंह थारुको मृत्यु भएको छ । गम्भीर घाइते भएका अन्य तीन नेपालीको अस्पतालमा आइसीयूमा राखेर उपचार भइरहेको छ ।  

घटनाका बारेमा थप विवरण आउन बाँकी नै छ ।

=================================

८ जना विदेशी कामदार र चालकको घटनास्थलमा नै ज्यान गएको थियो भनें थप एकजना विदेशी कामदारको अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

आइतवार राती भएको सो दुर्घटना क्वालालम्पुर अन्तराष्ट्रिय विमानस्थल नजिकै भएको जनाइएको छ । सो बसमा ४३ जना सवार थिए । पानीको निकासको नालामा खसेर दुर्घटना भएको हो । घाइते भएका ३० भन्दा बढीलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: