मलेशियाका लागि १ सय २६ संस्थाले दिए आवेदन

काठमाडौं, चैत्र २४- 

वैदेशिक रोजगारीमा मलेशिया जाने श्रमिकको स्वास्थ्य परीक्षणमा सूचीकृत हुन सय २६ स्वास्थ्य संस्थाहरूले आवेदन दिएका छन्। रोजगारीका लागि मलेशिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न सय २६ स्वास्थ्य संस्थाहरूले आज(आइतवार) अन्तिम दिनसम्म आवेदन दिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको

यसअघि मलेसिया रोजगारीमा जाने श्रमिकहरुको स्वास्थ्य परीक्षण ३७ वटा स्वास्थ्य संस्थाहरूले मात्रै गर्दै आएका थिए। अव भने मापदण्ड पूरा भएका देशैभरिका स्वास्थ्य संस्थाहरूले स्वास्थ्य परीक्षण गर्न पाउने भएसँगै सिण्डिकेटको अन्त्य हुने भएको हो।

आवेदन दिएका स्वास्थ्य संस्थाहरूबाट पनि मापदण्ड पूरा भएका स्वास्थ्य संस्थाहरूलाई छनोट गरी स्वास्थ्य परीक्षणका लागि सूचीकरण गरिने मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले जानकारी दिए।

मलेसिया रोजगारीका लागि पठाइने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूको स्वास्थ्य परीक्षण मापदण्ड पूरा हुनका लागि विभिन्न भौतिक तथा मानव संसाधन हुनुपर्ने उल्लेख गरिएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: