जापानको रोजगारीः कुन क्षेत्रमा कति विदेशी कामदार लिने तयारी ?

काठमाडौं, चैत्र २४-

जापानले विदेशी कामदार लिन खुल्ला गरेका १४ वटा क्षेत्र मध्ये सवैभन्दा धेरै नर्सिङ केयरमा लिने भएको जापानले बर्षभित्र लिने लाख ४५ हजार विदेशी कामदार मध्ये सवैभन्दा बढी नर्सिङ केयरमा ६० हजारसम्म कामदार लिने भएको हो आवश्यकताका आधारमा यो संख्या ५० हजारदेखि ६० हजारसम्मको बीचमा रहने जनाइएको  

यसैगरी दोश्रोमा रेष्टुरेण्टट क्षेत्रमा कामदार लिइने भएको हो सो क्षेत्रमा ५३ हजारसम्म विदेशी कामदार लिने जापानको तयारी तेश्रोमा निर्माण क्षेत्रमा विदेशी कामदार जापान पुग्नेछन् सो क्षेत्रमा बढीमा ४० हजारसम्म विदेशी कामदार लिने जापानको तयारी

निर्माण पछि भवनको सरसफाई क्षेत्रमा विदेशी कामदार भर्ना हुनेछन् सो क्षेत्रमा बढीमा ३७ हजार विदेशी कामदार लिने योजना जापानले बनाएको आवास सम्वन्धी रोजगारीको क्षेत्रमा २२ हजार विदेशी कामदार लिने जापानको तयारी  

कामदार अभाव भएपछि जापानले १४ वटा क्षेत्रको काममा विदेशी कामदार लिने नीति लिएको हो सो अनुरुप जापानले नेपाल फिलिपिन्ससँग समझदारीपत्रमा हस्ताक्षर गरिसकेको फिलिपिन्स नेपालसँग गरिएको सम्झौतामा एउटा मुख्य फरक भनेको फिलिपिन्सबाट म्यानपावर कम्पनीहरुले नै कामदार पठाउनेछन् भनें नेपाल जापानबीच भनें सरकारी तवरमा नै कामदार लिनेदिने सहमति भएको यसले बैदेशिक रोजगारमा हुनसक्ने सम्भावित ठगि नियन्त्रण हुने दुवै देशका सरकारी अधिकारीले विशवास गरेका छन्

जापानले बढ्दो उमेरमा नागरिकको स्वास्थ्य सेवामा कामदार अभाव भएपछि ठूलो संख्यामा विदेशी नर्स केयर गिभर लैजाने तयारी गरेको जापानले पहिलो चरणमा फिलिपिन्सबाट कामदार लिन थाल्ने तयारी गरेको  यसका लागि फिलिपिन्सको मनिलामा अप्रिल १३ १४ मा भाषा परिक्षाको तयारी गरिरहेको जापानी सञ्चार माध्यमहरुले जनाएका छन्

यसमध्ये कति नेपाली कामदार कुन क्षेत्रको काममा जालान्  ? यो भनें तय हुन बाँकी नै यसका लागि चैत्रको अन्तिम वा बैशाखको पहिलो सातासम्ममा दुई देशको संयुक्त समितिले केहि  विषय टुँगो लगाउने अपेक्षा गरिएको तर अझै पनि जापानको रोजगारीमा पहिलो बर्ष जाने नेपालीको संख्या सानो नै हुन सक्ने अनुमान गरिएको अर्कोतर्फ जापानले भाषा सीप दुवै जाँच गरेर मात्र विदेशी कामदार लिइने यसअघि नै प्रष्ट पारिसकेका कारण हतारिएर जापानी भाषा पढ्न मात्र दौडिनुु भन्दा कुन क्षेत्रको रोजगारीमा नेपाली कामदार लैजाने सहमति  हुन्छ, सो अनुरुपको सीप भएनभएको यकिन भएपछि मात्र जापानी भाषा पढ्न थाल्नु राम्रो हुन्छ   

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: