विदेशमा कुनै समस्यामा परेमा अव सिधै सिंहदरवारमा फोन गरौं 

काठमाडौं, चैत्र १८-

सरकारले बैदेशिक रोजगारमा रहेकाहरु वा आन्तरीक श्रम बजारका गुनासा सुन्न कल सेण्टर सुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सोमवार कल सेण्टरको उद्घाटन गरे ।

बैदेशिक रोजगार बोर्डद्धारा श्रम मन्त्रालयमा स्थापित सो कल सेण्टर सोमवार देखि विहान ७ बजेदेखि बेलुकी ९ बजेसम्म सञ्चालन सुरु भएको छ । कल सेण्टरको उद्घाटन गर्दै मन्त्री विष्टले विश्वको जुनसुकै ठाउँमा रहेको नेपाली पनि समस्यामा परेमा सो सेण्टरमा जानकारी गराउन सक्ने र सरकारले मद्धत गर्ने बताए ।

उनले बैदेशिक रोजगारमा रहेकाहरुसँगै आन्तरीक श्रम बजारका समस्या तथा सुझावहरु पनि कल सेण्टरमा फोन गरेर जानकारी दिन सकिने बताए । यसका लागि ११४१ वा १६६००१५०००५ मा फोन गर्न सकिनेछ । बैदेशिक रोजगारका क्रममा रहेकाहरुले विदेशबाट भाइवर, ईमो मार्फत ९८०१८०००१३ मा तथा म्यासेन्जर, फेसबुक, ईमेल(callcenter@fepb.gov.np) लगायतका माध्यमबाट पनि गुनासो टिपाउन सक्नेछन् । +९७७१५९७००८ मा फोन गरेमा भनें शुल्क लाग्नेछ ।  

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/Syc9_BnnelY” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: