मलेसियाको रोजगारी सुरु, कलिङ भिसा आएकालाई श्रम स्वीकृति दिन निर्देशन 

काठमाडौं, चैत्र १७- 

मलेसियाबाट कलिङ भिसा आएकाहरुलाई श्रम स्वीकृति दिन सुरु भएको छ । बैदेशिक रोजगार विभागले त्यस्ता भिसा आएकाहरुका लागि श्रम स्वीृकति दिने व्यवस्था मिलाएको हो । यसले १० महिनादेखि रोकिएको मलेसियाको रोजगारी खुलेको छ । बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले विभागबाट सोमवार देखि कलिङ भिसाका कामदारलाई श्रम स्वीकृति दिइने पत्र संघलाई प्राप्त भएको जानकारी दिए । 

यसअघि सरकारले मलेसियाको रोजगारको लागि नयाँ स्वास्थ्य मापदण्ड आएसँगै कलिङ भिसाका कामदार पठाउने संकेत गरेको थियो । सरकारले मलेसियाको रोजगारीमा जानेहरुको स्वास्थ्य परीक्षण गर्न चाहने स्वास्थ्य संस्थाहरुलाई सुचिकरण हुन सुचना निकालेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सुचना निकाल्दै १० दिन भित्र सुचिकृत हुन आवेदन मागेको हो ।

यसअघि मलेसियाले ३९ वटा स्वास्थ्य संस्थालाई मात्रै कामदारको स्वास्थ्य परीक्षण गर्न सक्ने गरी तोकेको थियो । अब भने मापदण्ड पुरा गर्ने सरकारी स्वास्थ्य संस्थासहित सबैले यसमा दावेदारी राख्न पाउनेछन् ।  मन्त्रालयका एक उच्च अधिकारीले सुरुमा कलिङ भिसाका कामदार पठाइने र थप व्यवस्था गरेर नयाँ कामदार पठाउने गरी तयारी भएको छ । 

यसअघि नेपाल र मलेसियाबीच श्रम समझदारी भएपछि मलेसियाले पुरानै प्रकृया बमोजिम कलिङ भिसाका कामदार पठाउन आग्रह गरेको थियो । तर श्रम मन्त्री गोकर्ण विष्टले भनें नयाँ स्वास्थ्य मापदण्ड नपठाइ र अन्य स्वास्थ्य संस्थाले पनि स्वास्थ्य परीक्षण गर्न पाउने व्यवस्था नभएसम्म कामदार नपठाउने अडान लिएका थिए । 

 {source}<iframe width=”480″ height=”270″ src=”https://www.youtube.com/embed/Gd6Hp_kWMro” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: