बैदेशिक रोजगारः नेपालमा नै हुन्छ सवैभन्दा धेरै ठगि

 

काठमाडौं, चैत्र १५-

बैदेशिक रोजगारमा जान चाहनेहरु नेपालमा नै धेरैजसो ठगिमा पर्नेगरेको देखिएको छ । बैदेशिक रोजगारमा जाने प्रकृयामा ठगिमा परेकाहरुलाई निःशुल्क कानूनी सेवा दिंदै आएको संस्था पिपुल्स फोरमको तथ्याँकमा बैदेशिक रोजगारमा पुगिसकेपछि भन्दा धेरै उजुरी स्वदेशमा नै हुने गरेको ठगिको देखिएको छ ।

पिपुल फोरमका सामी परियोजना संयोजक सुदीप देवकोटाका अनुसार गत मंसीर देखि फागुन मसान्त भित्रमा पिपुल फोरममा परेका १ हजार १२ निवेदन मध्ये ५ सय ११ जना अर्थात ५० प्रतिशत निवेदन स्वदेशमा नै भएको ठगि सम्वन्धी रहेका छन् । दोश्रोमा भनिए अनुसार काम तलव नपाएको देखिएको छ । यस अन्तर्गत निवेदन दिनेहरुको संख्या १ सय ३८ रहेको छ जुन कुल निवेदनको १४ प्रतिशत हुन्छ । तेश्रोमा न्यून तलव दिइएको देखिएको छ । यस्तो समस्या परेको भन्दै पिपुल फोरममा निवेदन दिनेहरुको संख्या १ सय ११ छ ।

धेरै ठगिका मुद्धा

पछिल्लो ४ महिनाका निवेदनका आधारमा सवैभन्दा धेरै समस्या सुनसरी जिल्लाको देखिएको छ । यसअवधिमा सो जिल्लाबाट ४९ वटा निवेदन दर्ता भएका छन् । दोश्रोमा सर्लाही(४३) तथा तेश्रोमा झापा(४१) देखिएको छ । 

पिपुल फोरमले यसबीचमा ६० करोड बरावरको क्षतिपूर्ति बैदेशिक रोजगार विभाग, बैदेशिक रोजगार न्यायाधिकरण तथा बैदेशिक रोजगार बोर्डबाट पिडितलाई दिलाएको जनाएको छ । तर बैदेशिक रोजगार न्यायाधिकरणबाट गरिएको फैसला कार्यान्वयनको अवस्था भनें अत्यन्त कमजोर छ । पीडितलाई क्षतिपूर्ति दिनुपर्ने फैसला भएपनि बर्षौंसम्म पीडितले क्षतिपूर्ति पाउने गरेका छैनन ।

यो पनि पढ्नुहोस् बैदेशिक रोजगारका सवै एजेण्ट अव गैरकानूनी 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: