काठमाडौं, चैत्र १४-
बैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने एजेण्ट कति छन् ? कानून अनुसार अव एकजना पनि एजेण्ट छैनन् । बैदेशिक रोजगार ऐन, २०६४ मा रहेको एजेण्ट सम्वन्धी व्यवस्थामा संशोधन भएसँगै एजेण्टको व्यवस्था हटेको हो ।
संसदले पारीत गरेको केहि नेपाल ऐन संशोधन अन्तर्गत बैदेशिक रोजगार ऐन, २०६४ को दफा ७४ को उपदफा २ मा रहेको “वा आफ्ना प्रतिनिधि नियुक्त गर्ने” भन्ने वाक्याँश हटाइएसँगै मेनपावर कम्पनीले एजेण्ट राख्ने व्यवस्था खारेज भएको हो । ऐनको सो दफामा “इजाजतपत्रवालाले विभागबाट तोकिए बमोजिम स्वीकृति लिई नेपालभित्र शाखा खोल्न वा आफ्नो प्रतिनिधि नियुक्त गर्न सक्नेछ” भन्ने व्यवस्था थियो । सो बुँदा हटाइएसँगै एजेण्ट खारेज भएका हुन् ।
एजेण्ट खारेजीको माग मेनपावर व्यवसायीहरुले पनि विगत लामो समय देखि गर्दै आएका थिए । एजेण्टहरुले मेनपावर कम्पनीको नाममा बदमासी गरेको र समानान्तर संस्था जस्तै संरचना चलाएको मेनपावर व्यवसायीहरुको गुनासो थियो ।
यसैबीच केहि नेपाल ऐन संशोधन मार्फत सरकारले गरेको प्रमुख जिल्ला अधिकारीले बैदेशिक रोजगार सम्वन्धी मुद्धा मिलापत्र गर्न पाउने व्यवस्था गैर संवैधानिक भएको जिकिर कानूनका जानकारहरुले गरेका छन् । अधिवक्ता सोम लुईंटेलले ऐन संशोधन मार्फत जिल्लाबाट नै तथा ईमेल मार्फत समेत उजुरी गर्न सकिने व्यवस्था राम्रो भएपनि मिलापत्रको अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिइनु कानूनी रुपमा गलत भएको बताए । उनले सो व्यवस्था नेपालको संविधान तथा अन्तराष्ट्रिय अभ्यासको समेत विपरीत भएको तर्क गरे ।
नेपालको संविधान २०७२ को धारा १५२(२) ले “एक बर्ष भन्दा बढी कैद सजाय हुने फौजदारी कसुर सम्वन्धी मुद्धा अदालत वा विशिष्टीकृत अदालत वा सैनिक अदालत वा न्यायिक निकाय बाहेकले हेर्न नपाउने” व्यवस्था गरेको छ । तर बैदेशिक रोजगार सम्वन्धी ठगिको मुद्धामा बैदेशिक रोजगार ऐन, २०६४ मा “कसुर ठहरिए तीन देखि ५ बर्षसम्म कैद सजाय हुन सक्ने” व्यवस्था छ । त्यसैले सो विषय प्रमुख जिल्ला अधिकारीले मिलापत्र गराउन नसक्ने पिपुल फोरमका सल्लाहकार समेत रहेका अधिवक्ता लुईंटेलले बताए । अन्तराष्ट्रिय अभ्यासमा पनि देवानी मुद्धामा मिलापत्र गराउन सक्ने अभ्यास भएपनि सरकारवादी मुद्धामा मिलापत्र नगर्ने गरिएको भन्दै यसमा अव थप प्रष्टता आवश्यक रहेको उनले बताए । उनले ऐन संशोधन भइसकेको अवस्थामा प्रमुख जिल्ला अधिकारीले मेलमिलाप गराउन सक्ने विषयको सूचि तयार पार्नु बुद्धिमानी हुने सुझाव दिए ।
जानकारीमूलक भिडियो हेर्नुहोस्
{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/_NpW_NCGKKI” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>{/source}
