
काठमाडौं, चैत्र १३-
सरकारले मलेसियाको रोजगारीमा जानेहरुको स्वास्थ्य परीक्षण गर्न चाहने स्वास्थ्य संस्थाहरुलाई सुचिकरण हुन सुचना निकालेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सुचना निकाल्दै १० दिन भित्र सुचिकृत हुन आवेदन मागेको हो । योसँगै अव १० महिनादेखि रोकिएको मलेसियाको रोजगारी खुल्ने बाटो खुलेको छ ।
यसअघि मलेसियाले ३९ वटा स्वास्थ्य संस्थालाई मात्रै कामदारको स्वासथ्य परीक्ष्ण गर्न सक्ने गरी तोकेको थियो । अब भने मापदण्ड पुरा गर्ने सरकारी स्वास्थ्य संस्थासहित सबैले यसमा दावेदारी राख्न पाउनेछन् ।
मन्त्रालयका एक उच्च अधिकारीले सुरुमा कलिङ भिसाका कामदार पठाइने र थप व्यवस्था गरेर नयाँ कामदार पठाउने गरी तयारी भएको छ । सम्भवतः एक साताभित्रै कलिङ भिसाका कामदार पठाउने प्रकृया सुरु हुने मन्त्रालय श्रोतले जानकारी दिएको छ ।
यसअघि नेपाल र मलेशियाबीच श्रम समझदारी भएपछि मलेसियाले पुरानै प्रकृया बमोजिम कलिङ भिसाका कामदार पठाउन आग्रह गरेको थियो । तर श्रम मन्त्री गोकर्ण विष्टले भनें नयाँ स्वास्थ्य मापदण्ड नपठाइ र अन्य स्वास्थ्य संस्थाले पनि स्वास्थ्य परीक्षण गर्न पाउने व्यवस्था नभएसम्म कामदार नपठाउने अडान लिएका थिए ।
{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/PZg4xwoJhDs” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>{/source}