नेपाल र जापानबीच कामदार आदानप्रदानको समझदारीमा आज हस्ताक्षर

काठमाडौं, चैत्र ११-

नेपाली युवाले आकर्षणका साथ पर्खिरहेको श्रम गन्तव्य जापानसँग नेपालले आज सोमवार नेपाली श्रमिक आपूर्ति सम्वन्धी समझदारी (एमओसी)मा हस्ताक्षर गर्दैछ । काठमाडौंमा एक कार्यक्रमका बीच दुई देशबीच एमओसीमा हस्ताक्षर हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । यो समझदारीसँगै सरकारी स्तरबाट नै नेपाली श्रमिक जापान जाने बाटो खुल्नेछ । नयाँ सहमति अनुसार कामदार पठाउने प्रकृयामा मेनपावर कम्पनीहरु संलग्न हुन पाउने छैनन् ।

समझदारीमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरे तथा जापानको परराष्ट्र मन्त्रालयका अधिकारीले हस्ताक्षर गर्नेछन् । निमित्त सचिव घिमिरेले जापानले नेपाली श्रमिक लैजाने विषयमा परराष्ट्र, श्रम, न्याय मन्त्रालय र राष्ट्रिय प्रहरी प्रशासनसँग हस्ताक्षर गर्नु पर्नेमा परराष्ट्रबाहेकको हस्ताक्षर भइसकेकाले परराष्ट्रसँग सोमबार एमओसी गर्न लागिएको जानकारी दिए ।

समझदारी भएसँगै नेपालले ईपिएस शाखा जस्तै जापान शाखा स्थापना गर्नुपर्नेछ । भाषा परीक्षा उत्तिर्ण गरेर जाने तथा जापानमा त्यहाँका नागरिक सरह तलव, सुविधा पाउने भएका कारण यो तुलनात्मक रुपमा निश्पक्ष र लाभदायक हुने अपेक्षा गरिएको छ । तर ठूलो संख्यामा भनें नेपालीले रोजगारी पाउने सम्भावना कम छ । त्यसैले धेरै उत्साहित भएर भाषा तयारीमा लाग्नु अघि यो कुरामा पनि विचार पुर्याउन विज्ञले सुझाएका छन् ।

यो पनि पढ्नुहोस्: जापानले विदेशी कामदारका लागि रोजगारी खुल्ला गरेका १४ क्षेत्रहरु

जापानले कृषि, मत्स्यपालन, औद्योगिक क्षेत्र, होटल, रेस्टुरेन्ट पर्यटन व्यवसायमा नेपाल, चीन, इण्डोनेसिया लगायतका नौ देशका युवा श्रमिक लैजाने तयारी गरेको छ । जापानले विदेशी श्रमिकले गर्नुपर्ने कामका लागि विभिन्न १४ वटा क्षेत्र तोकेको छ । नर्सिङ, केयरगिभर, होटल, निर्माणलगायतका क्षेत्रमा विदेश श्रमिक माग भएकाले जापान सरकारले यी क्षेत्रलाई बढी प्राथमिकता दिए पनि नेपालबाट कस्तो श्रमिक लैजाने भन्ने विषयमा अहिलेसम्म टुङ्गो नलागेको निम्ति सचिव घिमिरेले जानकारी दिए । यसको टुँगो प्राविधिक कमिटीले लगाउने उनले बताए ।

जापान सरकारले गएको जनवरी (पुस) मा अप्रिल १ तारिखदेखि नेपालसहित नौ देशबाट श्रमिक लैजाने घोषणा गरेको थियो । त्यसैअनुसार अप्रिल १ तारिखदेखि नै कार्यान्वयनमा आउने गरी नेपाल र जापानबीच एमओसीमा हस्ताक्षर हुन लागेको हो ।

जापानको नयाँ नीति अनुसार १८ वर्षभन्दा माथिका श्रमिक रोजगारीका लागि योग्य हुनेछन् । अब उच्चदक्ष श्रमिक परिवारसहित जान पाउने छन् र उनीहरूको भिसा थपिरहन मिल्ने छ । अहिले नेपाली श्रमिकले जापानमा प्रशिक्षार्थीका हैसियतमा मात्र काम गर्दै आएका छन् । कतिपय भनें विद्यार्थी र पर्यटक भिसामा गएर पनि काम गर्ने गरेका छन् । अन्य गन्तव्यको तुलनामा जापानमा पारिश्रमिक राम्रो छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसँगको समग्र विषयमा केहि समय अघि गरिएको कुराकानी हेर्नुहोस्

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/a78zrPb1d_I” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: