कतारमा घुम्टो खुल्यो आधा जीवनको

दोहा, चैत्र १०-

विगत १० बर्ष देखी हरेक महिना कतारमा हुँदै आइरहेको साहित्य वाचन डवलीको ९० औं श्रृंखलामा यहाँ श्रमरत पत्रकार दिपक पुडासैनीको कविता संग्रह आधा जीवनको घुम्टो खोलिएको छ ।

अन्तराष्टिय नेपाली साहित्य समाज कतार च्याप्टर र नवोदित साहित्य वाचनालय कतारले संयूक्त रुपमा उक्त पुस्तकको घुम्टो खोलिएको थियो । नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाँको प्रमुख आतिथ्यता तथा नवोदित मोवाइल साहित्य वाचनालयका अध्यक्ष दीप मिलनको सभापतित्वमामा सम्पन्न भएको उक्त कार्यक्रममा साहित्यकार सिताराम थापाले घुम्टो खोलिएको कृति आधा जीवनको समिक्षा गरेका थिए । एडिबी पब्लीकेशनद्धारा प्रकाशित तथा बुलबुल पब्लीकेशनद्धारा वितरित आधा जीवन कविता संग्रहमा पुडासैनीका ३९ वटा र उहाँकी छोरी दिक्षा पुडासैनीका ३ वटा कविता समेटिएका छन ।

घर, परिवार, गाउँ, समाज र देश छोडेका प्रवासीहरुले आफ्नो हरेक पल आधा बाँचेका हुन्छन । शरिर प्रवासमा भएपनि मन हरपल स्वदेशमै आफ्नै गाउँ, समाज र परिवारसँगै रुमल्ली रहेको हुन्छ । यहि भावलाई मनन गरेरै आफ्को कृतिको नाम आधा जीवन राखेको सर्जक दिपक पुडासैनीले बताएका छन । 

कार्यक्रममा २० गजलकारका १ सय गजलहरुको संग्रह इन्द्रेणी भाग ४ को पनि विमोचन गरिएको थियो । युवा साहित्कार रमेश सापकोटा हरिलठ्ठकको जन्म जयन्तीको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा युवा साहित्यकार निर्मल ढुँगानालाई रमेश स्मृती सम्मान तथा पुरस्कार समेत प्रदान गरिएको थियो ।

कतारमा समाजसेवा र साहित्यमा अतुलनिय योगदान पुर्याएका  स्व. शिखर बैधको स्मृतिमा मौनधारण सहित शुरुभएको कार्यक्रममा ५ जना मुक्तककारहरु अविनास सापकोटा, सागर विभोर पाल्पाली, बिन्दा लामा, यादव रेग्मी र स्वतन्त्र नेपालले आआफ्ना मुक्तक वाचन गरेका थिए ।

यो पनि पढ्नुहोस् मलेसियाको रोजगारी सुरु हुने बाटो खुल्यो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: