युएई दुतावासका चार प्राथमिकता, फोन उठाउन छुट्टै कर्मचारी

लक्ष्मण सापकोटा, युएई चैत्र ९-

संयुक्त अरव इमिरेट्स (युएई) का लागि नवनियुक्त राजदुत कृष्णप्रसाद ढकाल र युएईमा रहेका संचारकर्मीहरु विच शुक्रवार भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ, युएई शाखाको संयोजनमा भएको कार्यक्रममा नवनियुक्त राजदुत ढकालले दुतावासको चार प्राथमिकता रहेको जानकारी दिए ।

चार प्राथमिकता मध्ये पहिलो प्राथमिकतामा युएईसँगको सम्वन्ध अझ सुमधुर बनाएर अगाडी वढ्ने रहेको छ । दोश्रोमा यहाँ कार्यरत नेपाली श्रमिकको सुरक्षा, हित र मर्यादालाई अभिवृद्धि गर्ने रहेको छ । तेस्रो प्राथमिकतामा आर्थिक समृद्धिको लागि पहल गर्ने रहेको राजदूत ढकालले बताए । युएईको तुलनामा नेपालले युएईमा न्यून मात्रामा आफ्नो उत्पादन पठाउने भएकोले ब्यापार घाटा वढिरहेको अवस्थामा यसलाई घटाउनको लागि पहल गर्नुपर्ने भएकोले यो पनि दुतावासको प्राथमिकता रहेको उनको भनाई छ । त्यस्तै चौथो प्राथमिकतामा दुतावासवाट उपलब्ध गराउने सेवालाई थप सेवाग्राहीमैत्री वनाउने रहेको जानकारी दिए ।

फरक प्रसंगमा राजदुत ढकालले यहाँ रहेका नेपाली समुदाय र दुतावास पनि आफ्नो परिवार जस्तै भएकोले अहिले युएईमा आफ्नो तीनवटा परिवार रहेको र सवै परिवारको सुख दुःख आफ्नो लागि उत्तिकै रहेको भन्दै सवैसँग सहकार्य गरेर अगाडी वढ्ने जानकारी गराए ।

कार्यक्रममा विभिन्न विषयमा उठेको जिज्ञासाको जवाफ दिदै ढकालले राजदुतावासको फोन उठ्दैन भन्ने ब्यापक गुनासो रहेको भन्दै त्यसलाई मध्यनजर गर्दै फोन उठाउनको लागि अहिले पुर्ण समय एक जना छुट्टै कर्मचारीको ब्यवस्था गरेको जानकारी दिए । दुतावासमा आउने सेवाग्राहीलाई टोकन प्रणालीवाट छिट्टै सेवा दिने पनि ढकालले वताए । 

कार्यक्रममा संचारकर्मिहरुले युएईमा रहेको नेपाली समुदायमा दुतावास प्रति नकारात्मक धारणा रहेकोले यसलाई हटाउन दुतावासलाई आग्रह गर्दै दुतावासले नेपाली श्रमिकको अभिभावकको भूमिका खेल्नुपर्ने बताएका थिए । पछिल्लो समय युएईमा हुन्डीको कारोवार वढ्दै गएकोमा चिन्ता ब्यक्त गर्दै जनचेतना तथा नीति बनाएर हुन्डीको समस्या समाधान गर्न पनि संचारकर्मीले दुतावासको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा राजुदुत ढकालले नेपाल पर्यटकीय गन्तब्य भएकोले युएईवाट नेपाल पर्यटक भित्राउनको लागि युएईमा रहेको मल तथा सार्वजनिक यातायातमा नेपालको पर्यटकीय स्थानहरुको जानकारीमुलक प्रचार सामग्री राख्ने योजना रहेका पनि जानकारी दिए । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: