मलेशियाबाट थप १६ नेपाली घर फर्काइए, नचिनेको व्यक्तिलाई विश्वास नगर्न दूतावासको अपिल

काठमाडौं, चैत्र ८-

मलेसियाको जुरु घरफिर्ती केन्द्र र जोहरवारु घर फिर्ती केन्द्र (डिटेन्सन सेण्टर) मा रहेका तर हवाई टिकटको खर्च व्यहोर्न नसकी अलपत्र परेका १६ जना नेपालीलाई मलेशियास्थीत नेपाली दूतावासले नेपाल फर्काएको छ । तिनिहरु मध्ये चैत्र ७ गते जोहरवारु घरफिर्ती केन्द्रबाट १० जना र गत फागुन ३० गते जुरु घरफिर्ति केन्द्रबाट ६ जनालाई उद्दार गरी नेपाल पठाईएको दूतावासले जानकारी दिएको छ ।

मलेसियामा विभिन्न जेल तथा घरफिर्ती केन्द्रहरुमा रहेका नेपालीलाई उनीहरु जेलमा जघन्य मुद्दा झेली रहेको भन्ने झुटो डर त्रास देखाई, उद्दार गरिदिने नाममा पीडितको परिवारबाट नेपालमा ठुलो रकम उठाउने र विभिन्न मनि ट्रान्सफरबाट रकम बुझी सम्पर्कविहिन हुने जानकारी प्राप्त भएको भन्दै यस्ता अपरिचित र अनाधिकृत व्यक्तिहरुलाई कसैले आफन्त उद्दार गर्ने नाममा नेपालमा रकम नबुझाउन पनि दुतावासले अनुरोध गरेको छ ।

जेलमा परेका व्यक्तिको कानुनी उपचारमा लाग्ने खर्च नेपालबाट पठाउँदा परराष्ट्र मन्त्रालयमार्फत पठाउन दूतावासले आग्रह गरेको छ । घरफिर्ती केन्द्रमा रहेका नेपालीको उद्दारको लागि नेपालबाट नै कन्सुलर सेवा विभागमा जानकारी गराई एकतर्फी हवाईटिकटको व्यवस्था गरी मलेशियास्थीत दूतावासमा प्रेषित गर्न सकिने भन्दै आफन्तको उद्दारको लागि कन्सुलर सेवा विभागमा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ ।

जेल तथा घरफिर्ती केन्द्रमा रहेका नेपालीको उद्दारको जानकारीको लागि दूतावासको नियमित टेलिफोन लाईन ०३२०२०१८९८ तथा ०३२०२०१८९९ र ईमेल ठेगाना [email protected] मा पनि सम्पर्क गर्न सकिने दूतावासले जानकारी दिएको छ । अत्यावश्यक काम परेमा ००६०१६२४७२७७ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

यो पनि पढ्नुहोस् कामदार पठाउने विषयमा जापानसँग सोमवार हस्ताक्षर

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय