घुस लिएको अभियोगमा बैदेशिक रोजगार विभागका कर्मचारी पक्राउ

काठमाडौं, चैत्र ८-

बैदेशिक रोजगार विभाग, काठमाडौंका नायव सुब्बा रामकुमार फुयाँल घुस लिएको अभियोगमा पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विहिवार साँझ पक्राउ गरेको जनाएको छ ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार फुयाँलले बैदेशिक रोजगारको लेनदेनको कागजमा साक्षी बसेका सेवाग्राहीलाई निज विरूद्ध उजुरी परेको र निजको नाममा पक्राउ पुर्जी जारी गरिदिन्छु भनी पटक पटक कार्यालयमा बोलाई डरधम्की देखाई घुस मागेको सुचना आयोगमा प्राप्त भएको थियो । सोहि सुचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालबाट खटिई गएको टोलीले नासु फुयाँलले सेवाग्राहीसँग ६० हजार घुसवापतको रकम लिई जोरपाटी चोकमा फलफूल पसल गर्ने धुर्व खड्कालाई राख्न दिएर केही समय पश्चात सो रकम लिंदै गर्दा पक्राउ गरिएको अख्तियारले जनाएको छ । सो क्रममा फुयाँलसँगै फलफूल व्यवसायी धुर्व खड्कालाई पनि नियन्त्रणमा लिइएको र  अनुसन्धान भइरहेको जनाइएको छ ।

यो पनि पढ्नुहोस् कामदार पठाउने विषयमा जापानसँग सोमवार हस्ताक्षर

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय