जापानसँगको सम्झौता: नेपालका तर्फबाट श्रम सचिवले हस्ताक्षर गर्ने

काठमाडौं, चैत्र ७-

नेपाल र जापानबीच कामदार आदानप्रदान सम्वन्धि समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । यसका लागि नेपालले आफ्नो मुलुकका तर्फबाट श्रम मन्त्रालयका सचिवले हस्ताक्षर गर्ने निर्णय गरेको छ ।

गत मंसीर ४ गतेको मन्त्री परिषदले गरेको निर्णय सार्वजनिक गर्दै सञ्चार मन्त्री गोकुल बाँस्कोटाले सो जानकारी दिएका हुन् । “नेपाल सरकार र जापान सरकारबीच हुने मेमोरेण्डम अफ कोअपरेशन (एमओसी) मा हस्ताक्षर गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवलाई अख्तियारी दिने निर्णय भएको छ” सुचना तथा प्रविधि मन्त्रालयद्धारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ ।

सरकारको सो निर्णय पश्चात दुई देशबीच सो सम्झौताको बाटो खुलेको छ । आगामी अप्रिल महिना देखि नै विदेश कामदार लिने बताइरहेको जापानसँग नेपालको कामदार लिने प्रकृयाका सम्वन्धमा यसअघि नै सहमति जुटिसकेको छ । मन्त्रीपरिषदको निर्णय पश्चात आगामी हप्ता भित्रै दुई देशबीच एमओसीमा हस्ताक्षर गर्नेगरी तयारी भइरहेको मन्त्रालय श्रोतले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस् बेरोजगारको विवरण संकलन गर्न सरकारले दियो निर्देशन

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय