राजदूतद्धारा कलिङ भिसाका कामदार ल्याउन र स्वास्थ्य मापदण्ड पठाउन मलेशियालाई आग्रह

काठमाडौं, चैत्र ४- 

मलेशियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले कलिङ भिसा लागेर बसेका नेपाली कामदारहरुलाई मलेशिया ल्याउने व्यवस्था गर्न मलेशियन पक्षसँग अनुरोध गरेका छन् । उनले यसमा सहकार्य गर्न मलेशियालाई अनुरोध गरेका हुन् ।

मलेशियाको परराष्ट्र मन्त्रालयका डेपुटी सेक्रेटरी जेनरल नुर्सिवान वीन जाइनल अविदिनसँगको भेटमा राजदूत पाण्डेले यसअघि दुई देशबीच भएको श्रम समझदारी अनुरुपको नयाँ व्यवस्था सुरु गर्न आग्रह गरेका हुन् । दूतावासद्धारा जारी विज्ञप्तीमा राजदूत पाण्डेले सो भेटमा स्वास्थ्य परीक्षण सम्वन्धि नयाँ मापदण्डको व्यवस्थाका बारेमा छलफल गरेको जनाइएको छ । दूतावासका अनुसार एमओयू अनुरुपको व्यवस्थालाई यथासक्य चाँडो अघि बढाएमा नेपाली कामदारलाई मलेशिया आउने बाटो खुल्न सहज हुने  पाण्डेले बताएका थिए ।

नेपालले ति विषयमा आग्रह गरेपनि मलेशियाको चासो भनें कर विवादमा देखिएको छ । मलेशियाले एक्जिएटाको लगानी रहेको एनसेलमा देखिएको कर सम्वन्धि विवादमा चासो देखाएको हो । टेलिया सोनेराको स्वामित्व खरिद गरेको एक्जिएटाले एनसेलमा लाभकर अन्तर्गत ठूलो परिमाणमा कर तिर्नुपर्ने नेपालको सर्वोच्च अदालतले फैसला गरेपछि मलेशियाले यसलाई दुई देशबीचको छलफलबाट मिलाउन खोजेको देखिएको हो । एनसेलले यसअघि देखि नै सो कर नतिर्ने भन्दै लामो कानूनी लडाई लडेपनि सर्वोच्चको सो आदेशपछि कर तिर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ । त्यसलाई छल्न मलेशियन कम्पनी एक्जिएटाले मलेशियाको सरकारी पहुँच प्रयोग गर्न खोजेको हो ।

यसैगरी भेटमा अविदिनले दोहोरो कर सम्झौता तथा लगानीको सुरक्षा सम्वन्धि सम्झौतामा थप छलफल गर्नुपर्ने बताएको क्वालालम्पुरस्थीत नेपाली दूतावासले जनाएको छ ।

यो पनि पढ्नुहोस् कतार जान कति पैसा तिर्नुपर्छ

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/a78zrPb1d_I” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: