बढ्यो नेपाल भित्रिने रेमिट्यान्स, घटे विदेश जाने नेपाली

काठमाडौं, चैत्र ३-

चालू आर्थिक वर्ष २०७५-७६ को सात महिनामा ५ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार, रेमिट्यान्स आप्रवाहमा २८ दशमलव ५ प्रतिशतले वृद्धि भएकोे छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १ दशमलव ७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षमा यस्तो विप्रेषण आप्रवाह ६ दशमलव ४ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकतर्फ जाने कामदारलाई दिइने अन्तिम श्रम स्वीकृति (संस्थागत एवं व्यक्तिगत) का आधारमा राष्ट्र बैंकले कामदार बाहिरिने संख्या समीक्षा अवधिमा ३९ दशमलव २ प्रतिशतले घटेको बताएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४ दशमलव ९ प्रतिशतले घटेको थियो । यसैगरी, पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जानेको संख्या सो अवधिमा ४ दशमलव ९ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १ दशमलव ६ प्रतिशतले घटेको थियो । अघिल्लो वर्ष यस्तो आप्रवाह ६ दशमलव ४ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय २७ दशमलव ३ प्रतिशतले वृद्धि भई ५ खर्ब ८६ अर्ब ५५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३ प्रतिशतले घटेको थियो । यो समाचार राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका हुन् ।

यो पनि पढ्नुहोस् खाडी र मलेसिया जानेमा मृगौलाको समस्या धेरै, यी कुरामा अपनाऔं सावधानी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: