काठमाडौं, चैत्र १-
रोजगारीका क्रममा विदेश गएर जेल पर्ने नेपालीको संख्या मलेसियामा ठूलो देखिएको छ । बैदेशिक रोजगार बोर्डको तथ्याँक अनुसार पछिल्लो ८ महिनामा सवैभन्दा धेरै नेपाली मलेसियाको जेलमा देखिएका छन् । कोममा रहेका नेपालीको संख्या भनें कतारमा धेरै देखिएको छ ।
बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठका अनुसार पछिल्लो ८ महिनामा कुल ५ सय ४५ जना नेपाली विभिन्न मुलुकका जेल परेका छन् । त्यसमध्ये सवैभन्दा धेरै मलेसियामा २ सय ५ जना जेल परेका हुन् । दोश्रोमा युएईमा १ सय ८५ जना तथा तेश्रोमा कुवेतमा ५८ जना जेल परेको तथ्याँक छ ।
त्यसपछि क्रमशः साउदी अरव(५४ जना), कतार(३५ जना), बहराइन(५ जना), ओमान(३ जना) जेल परेका छन् । महिला धेरै जेल पर्नेमा भनें युएईमा देखिएको छ जहाँ यो ८ महिनाको बीचमा १२ जना नेपाली महिला जेल परेका छन् ।
कोमामा रहेका नेपालीको संख्या भनें सवैभन्दा धेरै कतारमा देखिएको छ । कुल कोमामा रहेका २४ नेपाली मध्ये कतारमा ९ जना रहेको बोर्डको तथ्याँक छ । त्यसपछि साउदी अरेविया(५ जना), बहराइन, कुवेतमा समान ४ ४ जना कोमामा छन् । युएई र ओमानमा १ १ जना नेपाली कोमामा रहेका छन् । कोमामा रहेका नेपालीलाई नेपालमा अस्पताल तथा परिवारका सदस्यहरुको सहमतिका आधारमा नेपाल फर्काउने र हेरचाहको व्यवस्था मिलाइएको बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले बताए ।
यो पनि पढ्नुहोस् मलेसिया, खाडीका मुलुक र अरु देश जानेलाई छुट्टा छुट्टै जानकारी आवश्यकः मन्त्री विष्ट
{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/DAv5s056cGQ” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>{/source}
