मलेसिया, खाडीका मुलुक र अरु देश जानेलाई छुट्टा छुट्टै जानकारी आवश्यकः मन्त्री विष्ट

काठमाडौं, चैत्र १-

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले खाडीका मुलुक, मलेसिया वा अन्य विकसित मुलुकमा रोजगारीका लागि जान चाहने नेपाली युवालाई फरक फरक अभिमुखिकरण आवश्यक रहेको बताएका छन् । उनले बैदेशिक रोजगारमा जानेहरुमा देखिएको स्वास्थ्य समस्यालाई हेर्दा रोजगारीमा जानेहरुको चेतनाको स्तर बढाउन आवश्यक देखिएको बताए ।

बैदेशिक रोजगार बोर्डको नयाँ भवनको निरिक्षण पश्चात बोल्दै मन्त्री विष्टले मृगौला विग्रिएर उपचारका लागि अस्पताल आउनेहरुमा बैदेशिक रोजगारबाट फर्केकाहरुको संख्या ठूलो देखिएको, विदेशमा सुतेको अवस्थामा नै मृत्यु हुने लगायतका कुरा हेर्दा अभिमुखिकरण तालिम मार्फत त्यसमा धेरै कुरा सुधार्न सकिने धारणा राखे । उनले बैदेशिक रोजगारमा रहेकाहरुलाई टेलिमेडिसिनको सेवा दिने बारेमा पनि अध्ययन भइरहेको बताए ।

हेर्नुहोस् मन्त्री विष्टको भनाई समेटिएको भिडियो

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/DAv5s056cGQ” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: