खाडी र मलेसिया जानेमा मृगौलाको समस्या धेरै, यी कुरामा अपनाऔं सावधानी

काठमाडौं, फागुन ३०-

बैदेशिक रोजगारमा जाँदा घातक प्रकृतिका रोग लागेर फर्केमा उपचारमा सहयोग गर्न सरकारले त्यस्ता व्यक्तिलाई थप आर्थिक सहयोग उपलव्ध गराउने व्यवस्था गरेको छ । बीमा बाहेक बैदेशिक रोजगार प्रवद्र्धन बोर्ड मार्फत उपलव्ध गराउने रु. ५० हजार प्रदान गरिने रोगहरु मध्ये एक हो मृगौला सम्वन्धि समस्या । यसले नै पछिल्लो समयमा बैदेशिक रोजगारबाट फर्केकाहरुमा मृगौलाले काम गर्न छोड्ने समस्या कति ठूलो भएको छ भन्ने प्रष्ट हुन्छ ।  

आज मार्च १४ तारिख अर्थात विश्व मृगौला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम सहित मनाईंदैछ । दिवसका अवसरमा शिक्षण अस्पतालले आयोजना गरेको वाकाथनमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागि भए जो आफैं मृगौला प्रत्यारोपण गरेका व्यक्ति हुन् । यसैगरी भक्तपुर स्थीत शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रले पनि एक विशेष कार्यक्रम आयोजना गरि दिवस मनाउँदैछ ।

विश्व मृगौला दिवस मनाउदै गर्दा नेपालमा पनि यस रोगप्रतिको वहस बढेको छ । विश्व समुदायले मृगौला रोगमा महिलालाई बढी जोखिममा रहेको देखे पनि नेपालमा भने खाडीका मुलुकहरु तथा मलेसियामा रोजगारीका लागि जाने युवा मृगौला रोगको उच्च जोखिममा छन् । यसमध्ये पनि खाडीका मुलुक गएकाहरुमा यो समस्या बढी देखिएको छ ।

पछिल्लो समय खाडी मुलुक जाने युवाहरुमा मृगौला फेल हुने क्रम बढेको चिकित्सकहरुले बताएका छन् । खाडीका मुलुकमा जानेहरुले पानी भन्दा अरु पेय पदार्थ पिउने, हरियो तरकारी खान नपाउने, कडा परिश्रम गर्ने र शरीर दुखेपछि दुखाई कम गर्न दुखाई कमगर्ने औषधी खाने गर्नाले मृगौला फेल हुने गरेको चिकित्सकहरुको भनाई छ । दुखाइ कम हुने औषधिले प्रत्यक्ष असर मृगौलामा पर्ने भएको हुँदा धेरै त्यस्तो औषधि सेवन नगर्न चिकित्सकहरुले सुझाव दिएका छन् ।

मधुमेह, उच्च रक्तचाप, युरिक एसिड, पिसाब सम्बन्धी संक्रमण, दुःखाइ कम गर्ने औषधिको अधिकतम प्रयोगले मृगौला खराव बनाउने गर्दछ । यसैगरी अनावश्यक एन्टीबायोटिकको प्रयोग, पिसाव नलीको बनावटको खराबी, वंशाणुगत रोग, मिर्गौलामा पत्थरी लगायतले पनि मृर्गाैलालाई विगार्ने काम गर्दछ । 

ज्यादै थकाइ र कमजोरी महशुस हुनु, छाला चिलाउनु, राती बढी पिसाब लाग्नु, हात गोडा सुन्निनु, महिनावारी गडबडी हुनु, निदाउन कठिनाइ हुनु, आँखा वरीपरी सुन्निनु, मांसपेशी बाउँडिनु, रक्तअल्पता मृगौलाले काम गर्न छोडेका लक्षण हुन् । यस्ता समस्या देखिएमा जतिसक्दो छिटो स्वास्थ्य परीक्षण गराउनु पर्दछ ।

सामान्यतया यस्ता लक्षण नदेखिएपनि सामान्य स्वास्थ्य परीक्षणबाट मिर्गौला ठिक छ वा छैन भन्ने थाहा पाउन सकिन्छ ।  यसका लागि समय समयमा रगतमा युरिन र क्रेटिनिनको मात्रा हेर्ने गर्नुपर्दछ । यसैगरी हेमोग्लोबिन, क्याल्सियम र फस्फोरसको परीक्षण गरेर, मिर्गौलाको हर्मोन उत्पादन सम्बन्धी जाँच गरेर मृगौला सम्वन्धि रोग लाग्नबाट बच्न सकिन्छ ।

मृगौलाले काम गर्न छोडेमा डायलाइसिस गर्ने र अन्ततः मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुन्छ जुन जीवनभरका लागि खर्चिलो र आर्थिक हिसावले पनि बोझिलो काम हो । त्यसैले प्रत्येक ६ महिनामा एकपटक स्वास्थ्य परिक्षण गराउनु, अनुशासित जीवन बिताउनु, सन्तुलित स्वास्थ्य आहार लिनु, नियमित  व्यायाम गर्नु, जाँड, रक्सी, चुरोट, बिँडीजस्ता सुर्तिजन्य पदार्थ सेवन नगनु तथा विभिन्न रङ तथा केमिकल हालेका खानेकुरा नखानु उचित हुन्छ ।

यो पनि पढ्नुहोस् मलेसियामा दूतावासले गर्यो २३ नेपालीको उद्धार

विदेशमा बस्दा हुने तनाव कसरी कम गर्ने ? विदेशबाट नेपालमा श्रीमतिलाई शंका गर्नु अघि के कुरा विचार गर्ने भन्ने बारेमा मनोविद् डा. करुणा कुँवरसँगको कुराकानी हुर्नुहोस्   

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/bgQhhkevFU0″ frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: